News Category 2071/11/13
मुलुकमा युगान्तकारी संविधान बन्नुपर्नेमा जोड ः एमाओावदी मुख्य सचेतक पोखरेल
दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
एमाओवादीका केन्द्रिय सचिव एवं पार्टीका मुख्य सचेतक गिरीराज मणी पोखरेलले मुलुकमा युगान्तकारी संविधान बन्नुपर्नेमा जोड दिनुभएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्याय, समानुपातिक निर्वाचन प्रक्रिया सहितको युगान्तकारी संविधान निमार्णको पक्षमा एमाओवादी सहित ३० दलिय मोर्चा रहेको स्पष्ट पार्नुभयो ।
उत्पीडित समुदायसँग विगतमा गरेको सहमति र सम्झौता अनुसारकै न्युनतम सहमतिको आधारमा संविधान निमार्ण हुनुपर्नेमा जोड दिदै उहाँले एमाओवादी सहित ३० दलिय मोर्चा बुहमतिय प्रक्रियाको बिरोध गर्दै सहमतिको आधारमा संविधान निमार्ण हुने पक्षमा रहेको बताउँनुभयो ।
संविधान सहमति नजिक पुग्दा पनि माघ ८ मा संविधान नआउँनुमा प्रधानमन्त्री सुशिल कोईरालाले ठूलो षडयन्त्र गरी मुलुकलाई द्वन्द्व निम्त्याउँन खोजेको आरोप लगाउँनुभयो । पहिचान सहितको संघियता सहितको संविधान मुलुकमा आउँनुपर्नेमा जोड दिदै सचिव पोखरेलले सत्ताधारी दलहरुको स्वार्थका कारण मुलुकमा संविधान आउन नसकेको आरोप लगाउनुभयो ।
उहाँले सम्वाद समितिमा ४३ वटा सभासदहरुको हस्ताक्षर बुझाएपछि विवाद भएकोले माघ ८ मा संविधान आउँन नसकेको जिकिर समेत गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले संघियता र पहिचान सहितको संविधान मुलुकमा अहिले आवश्यकता रहेको बताउँदै संविधान सभाबाटै सहमतिको आधारमा संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा पोखरेलले मुलुकलाई सहि दिशा दिनका लागि अहिले एमाओवादी सहित ३० दलिय मोर्चाले अधिकारका लागि फागुन १६ गते काठमाण्डौमा गर्न लागेको बृहत बिरोध कार्यक्रमलाई सफल पार्नका लागि सम्पुर्ण आमजनसमुदायसँग अनुरोध समेत गर्नुभयो । उहाँले तलवार राखेर वार्तामा आउँन सकारले भन्दै गरेकोले तलवार हटाएर वार्ता गर्न आफुहरु तयार रहेको जिकिर गर्नुभयो । सरकार वार्ताको लागि तयार भएमा आफुहरु परिणाममुखी वार्ता गर्न सदैव तयार रहेको जानकारी दिनुभयो ।
मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य विश्वनाथ साह, एमाओवादी सप्तरी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का अशोक मण्डल अमर, ३ का उमेश कुमार यादव, जिल्ला संयोजक असर्फी सदा लगायतकाहरुले उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ