News Category 2071/11/13
मुलुकमा युगान्तकारी संविधान बन्नुपर्नेमा जोड ः एमाओावदी मुख्य सचेतक पोखरेल
दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
एमाओवादीका केन्द्रिय सचिव एवं पार्टीका मुख्य सचेतक गिरीराज मणी पोखरेलले मुलुकमा युगान्तकारी संविधान बन्नुपर्नेमा जोड दिनुभएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्याय, समानुपातिक निर्वाचन प्रक्रिया सहितको युगान्तकारी संविधान निमार्णको पक्षमा एमाओवादी सहित ३० दलिय मोर्चा रहेको स्पष्ट पार्नुभयो ।
उत्पीडित समुदायसँग विगतमा गरेको सहमति र सम्झौता अनुसारकै न्युनतम सहमतिको आधारमा संविधान निमार्ण हुनुपर्नेमा जोड दिदै उहाँले एमाओवादी सहित ३० दलिय मोर्चा बुहमतिय प्रक्रियाको बिरोध गर्दै सहमतिको आधारमा संविधान निमार्ण हुने पक्षमा रहेको बताउँनुभयो ।
संविधान सहमति नजिक पुग्दा पनि माघ ८ मा संविधान नआउँनुमा प्रधानमन्त्री सुशिल कोईरालाले ठूलो षडयन्त्र गरी मुलुकलाई द्वन्द्व निम्त्याउँन खोजेको आरोप लगाउँनुभयो । पहिचान सहितको संघियता सहितको संविधान मुलुकमा आउँनुपर्नेमा जोड दिदै सचिव पोखरेलले सत्ताधारी दलहरुको स्वार्थका कारण मुलुकमा संविधान आउन नसकेको आरोप लगाउनुभयो ।
उहाँले सम्वाद समितिमा ४३ वटा सभासदहरुको हस्ताक्षर बुझाएपछि विवाद भएकोले माघ ८ मा संविधान आउँन नसकेको जिकिर समेत गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले संघियता र पहिचान सहितको संविधान मुलुकमा अहिले आवश्यकता रहेको बताउँदै संविधान सभाबाटै सहमतिको आधारमा संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा पोखरेलले मुलुकलाई सहि दिशा दिनका लागि अहिले एमाओवादी सहित ३० दलिय मोर्चाले अधिकारका लागि फागुन १६ गते काठमाण्डौमा गर्न लागेको बृहत बिरोध कार्यक्रमलाई सफल पार्नका लागि सम्पुर्ण आमजनसमुदायसँग अनुरोध समेत गर्नुभयो । उहाँले तलवार राखेर वार्तामा आउँन सकारले भन्दै गरेकोले तलवार हटाएर वार्ता गर्न आफुहरु तयार रहेको जिकिर गर्नुभयो । सरकार वार्ताको लागि तयार भएमा आफुहरु परिणाममुखी वार्ता गर्न सदैव तयार रहेको जानकारी दिनुभयो ।
मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य विश्वनाथ साह, एमाओवादी सप्तरी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का अशोक मण्डल अमर, ३ का उमेश कुमार यादव, जिल्ला संयोजक असर्फी सदा लगायतकाहरुले उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ