News Category 2071/11/14
सरकार परिवर्तन भए मुलुककै लागि दुर्भाग्यपूर्ण ः नेतृ कोइराला
दैनिक संवाददाता
राजविराज, १३ फागुन ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले अहिले सरकार परिवर्तनको कुरा गरे संविधान पनि नबन्ने र त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ ।
सप्तरीको गोइठीमा स्व. कुञ्जीलाल विराजीको श्रद्धाञ्जली सभालाई बुधवार सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनु हुँदैे पहिले संविधान बनाई त्यसपछि मात्र सरकार परिवर्तनको कुरा गर्न सुहाउने बताइन् ।
उहाँले प्रक्रियामा सहमतिको संविधान बनाउनुको विकल्प नरहेको भन्दै स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संविधानसभा मार्फत लोकतान्त्रिक संविधान निर्माणको अभियान सुरु गरेको जिकिर गर्नुभयो । उहाँले अगाडी भन्नुभयो, “त्यसलाई कांग्रेसले नै पूर्णता दिनेछ ।”
उहाँले संविधान निर्माणका लागि सहमतिको विकल्प नरहेको बतउनुहुँदै, “सहमति भनेकै संविधान निर्माणका लािग हुनुपर्छ, साना तिनाकुरामा अलमलिनुको अर्थ छैन ।”
नेतृ कोइरालाले भन्नुभयो, “माओवादीसित भएको १२ वुँदे सम्झदारी पुरा गर्नका लागि पनि अहिले संविधान निर्माणकै आवश्यकता रहेको छ ।”
नेपाली काग्रेसका सक्रिय कार्यकर्ता स्व. कुञ्जीलाल विराजीको श्रद्धाञ्जली सभामा बोल्दै नेवि संघका केन्द्रिय सदस्य एवम सभासद् रञ्जित कर्णले मधेशको समस्या समाधान काग्रेसले नै ध्यान दिनुपर्ने भन्दै मधेश छोडेर काग्रेस अघि बढ्न नसक्ने बताउनुभयो ।
नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति वद्री महात्मानको सभापतित्वमा आयोजित श्रद्धाञ्जली सभालाई सभासद् सकलदेव सुतिहार, काग्रेसका क्षेत्रीय सभापति भगवति यादव, रामकुमार यादव, नेपाली काग्रेसका विकेश्वर “विमल”, लक्ष्मी गिरी, सरोजकुमार विराजी, अर्जुन प्रसाद साह, राधेश्याम यादव, रामू यादव, रामदेव साह, नेविसंघका केन्द्रिय सदस्य नन्दकिशोर यादव, जिल्ला अध्यक्ष घनानन्द यादव लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ