News Category 2071/11/15
हात्तिपाईले रोग निवारणको औषधि सबैलाई खान आग्रह
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
हात्तिपाईले रोग निवारणको औषधि खान सम्पुर्ण जिल्लाबासीहरुसँग जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले अनुरोध गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले बिहिबार आयोजना गरेको हात्तिपाईले रोग निवारण कार्यक्रम २०७१ सम्बन्धि पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाले सो अनुरोध गर्नुभएकोे हो ।
अगामी फागुन २३, २४ र २५ गते तीन दिनसम्म सप्तरी जिल्लाभरी हात्तिपाईले रोग निवारणको औषधि खुवाउँने कार्यक्रम रहेकोले त्यसमा सहयोग गरिदिनहुन सम्पुर्ण जिल्लाबासी तथा सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभएको छ ।
सन् २०२० सम्ममा बिश्वबाट हात्तिपाईले रोग निवारण गर्ने लक्ष्य अनुरुप पाँचौ पटक सप्तरी जिल्लामा हात्तिपाईले रोग निवारणको औषधि खुवाउँने कार्यक्रम रहेको प्रमुख झाले जानकारी दिनुभयो ।
उहाँले यस वर्ष सप्तरीका ६ लाख १९ हजारलाई सो औषधि खुवाउने त्यसमा ४५ हजार २ सय १४ जनाले औषधि नखाने जानकारी दिनुहुँदै झाले २ वर्ष मुनिका २८ हजार १ सय २३ जना र १७ हजार २ सय गर्भवति महिलाले सो औषधि नखाने बताउँनुभयो ।
मानिसको शरीरबाट रोगहरु सरुबाबाट उक्त रोग सर्ने गरेको बताउदै एक पटक हात्तिपाईले रोग लागेपछि यो रोग निको नहुने भएकाले लगातार ६ वर्ष सम्म उक्त रोगको औषधि खानुपर्ने बताउनुभयो । ७० भन्दा बढी मुलुकमा हात्तिपाईले रोगको लक्षण देखिएको जानकारी दिनुहुँदै प्रमुख झाले सरसफाईमा कमि भएका मुलुकहरुमा उक्त रोग देखापरेको बताउनुभयो ।
प्रति दश हजार ब्यक्तिमा एक जना वा एक जना भन्दा कम ब्यक्तिहरुमा हात्तिपाईले रोग देखापरेको जानकारी दिनहुँदै उहाँले छिमकी भारतमा ४० करोडमा उक्त रोग देखापरेकाले उक्त रोगको औषधि सबै जनालाई खान विनम्र अनुरोध समेत गर्नुभएको छ ।
उहाँले नेपालको ६१ जिल्लामा हात्तिपाईले रोग निवारण कार्यक्रम संचालनमा रहेको जानकारी दिदै सो औषधि खानबाट कोही पनि नछुट्न सम्पुर्ण सर्वसाधारणहरुसँग अनुरोध गर्नुभएको छ ।
उहाँले नेपालको १३ प्रतिशत रोगीहरु रहेको जानकारी दिनहुँदै तराईका जिल्लाहरुमा २० देखि २५ प्रतिशतमा हात्तिपाईले रोगको परजिवी रहेको जानकारी दिनुभयो । हालसम्ममा बिश्वमा एक अर्बले हात्तिपाईले रोगको औषधि खाईसकेको जानकारी दिनहुँदै जनस्वास्थ्य प्रमुख झाले हात्तिपाईले रोग निवारणको औषधिले परजिवीलाई मार्ने गरेकाले सबैलाई उक्त औषधि खान अनुरोध गर्नुभएको छ ।
गत वर्ष सप्तरीमा सबैभन्दा बढी औषधि खाने सप्तरी जिल्लाबासी नै रहेकाले यस वर्ष पनि यो भन्दा बढी जनाले उक्त रोगको औषधि खाने विश्वास जनस्वास्थ्य कार्यालयको रहेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा विभिन्न संचारमाध्यमका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ