News Category 2082/05/04
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
दैनिक समाचारदाता
राजविराज, ४ भदौ ।
संघीय लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले गौर घटना सम्बन्धमा एकपक्षिय र पूर्वाग्रहले प्रेरित भई एक पक्षिय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्ति केन्द्रित दुष्प्रचार चलाउने खेलहरु भइरहेकोप्रति राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको ठहर गर्दै सो कार्यको निन्दा गरेको छ ।
जनता प्रगतिशील पार्टीको अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा उनकै पार्टी कार्यालयमा बसेको उक्त बैठकले उक्त निन्दा गर्दै परमादेशको पूर्ण पाठ प्राप्त भइनसकेको भए पनि यदि भनिए जस्तो छानबीन वा अनुसन्धान सफा नियत, तटस्थता, कानूनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबीन र अनुसन्धानप्रति कसैको आपत्ति नहुने प्रष्ट समेत पारेको छ ।
बैठकले २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा राजनीतिक विवाद र त्यसपछि भएको भिडन्तको कारण घटित दुखद घटनाको छानबीनको सम्बन्धमा २०८२ भाद्र २ गते सर्वोच्च अदालतबाट भएको परमादेशबारे संघिय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछी जारि विज्ञप्तिमा गौरको त्यो दुखद घटनापछि सरकारद्वारा नै २०६३÷१२÷८ मा गठित ललितपुर पुनरावेदन अदालतका न्यायाधिश हरिप्रसाद घिमिरेको नेतृत्वको छानबीन आयोग तथा सर्वोच्च अदालतका तत्कालिन न्यायाधिश खिलराज रेग्मीको नेतृत्वको छानबीन आयोगको रिपोर्ट सार्वजनिक नगरेको जनाइएको छ ।
सोही विज्ञप्तिमा “तीन वर्ष अघि राष्ट्रिय मानव अधिकार आयोगबाट आएको प्रतिवेदनमा त्यस्तो दुखद घटना के कस्तो अवस्थामा घटित हुन गएको, त्यस्तो अवस्थाको सृजना कसको गैरजिम्मेवारीपन र निहुँ खोज्ने नियोजित मानसिकताले भएको, हिंसात्मक प्रहारको शुरुवात कसले गरेको, शान्ति सुरक्षाको निमित्त जिम्मेवार जिल्ला र केन्द्रीय निकायको जानाजान हेलचक्राइ जस्ता तथ्यहरु स्पष्टसंग उल्लेखित छन् । संघिय लोकतान्त्रिक मोर्चा यी सबै तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा छ । तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले गरिने कुनै पनि कारबाहीको सशक्त प्रतिकार हुने सम्बन्धित सबैमा स्पष्ट गर्दछौं ।” उल्लेख छ ।
त्यस्तै सोही बैठकले रूपन्देही क्षेत्र न.३ को उपनिवॉचन प्रयोजनको लागी संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णय प्रती पुनः प्रतिवद्धता जनाउदै नागरिक उन्मुक्ती पार्टीक संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्न जिम्मेवारी दिईएको र उक्त निर्वाचन प्रचार प्रसार तथा परिचालनका लागी मोर्चा सचिवालयलाई बिशेष जिम्मेवारी दिईएको उल्लेख छ ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राम कुमार शर्मा, मनिष सुमन, रामुपा नेपालकातर्फबाट राजेन्द्र महतो, राम नरेश राय, केशव झा, अनिल महासेठ, लोसपा नेपालका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, अजय झा, मो. इस्लाम, नाउपाका रेशम लाल चौधरी, जप्रपा नेपालका हृदयेश त्रिपाठी, प्रशान्त ठाकुर, उपेन्द्र उपाध्याय, तमलोपाका वृषेश चन्द्र लालको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ