News Category 2082/09/11
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
हिन्दु धर्मावलम्बीको आस्थालाई चोट पु¥याउने गरी दिइएको अभिब्यक्तिका कारण दुई दिनदेखी राजविराज नगर क्षेत्रमा तनाव बढेको छ । हिन्दु धर्मावलम्बीका युवाहरुद्वारा चर्काे विरोध प्रर्दशन भएको छ भने आपसी सद्भाव भड्किने सम्भावना समेत बढ्दै गएको छ ।
यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन । विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन ।
विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ । यता आन्दोलनकारीहरुको प्रर्दशन र सुरक्षालाई ध्यानमा राख्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश तथा सप्तरी जिल्ला अदालतले सुचना टाँस गरेर एक दिनका लागी सेवा रोकिएको जानकारी गराएको छ ।
हिन्दु देवी देवता उपर समाजिक सञ्जाल मार्फत गलत टिप्पणी गर्ने ब्यक्ती उपर कडा कारवाहीको माग गर्दै हिन्दुवादी संगठनका युवाहरुले बजार समेत बन्द गराएका छन ।
राजविराज १ निवासी अफरोज आलमले समाजिक सञ्जाल मार्फत हिन्दु धर्म तथा देवी देउतामाथी अभद्र टिका टिप्पण्ी गरेको भन्दै हिन्दु युवाहरु आन्दोलित भएका हुन ।
हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कारवाही नगरे सम्म आन्दोलन नरोकिने बताए ।
आलमले भने तीन वर्ष अघि भुलवस सामाजिक सञ्चाल मार्फत त्यस्तो टिका टिप्पणी पोस्ट हुन गएको भन्दै क्षमा याचना गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत नै आइन्दा यस्तो गल्ती नदोह¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
उनले तीन वर्ष अघि भुलवस गरिएको पोष्टलाई लिएर पटक÷पटक क्षमायाचना मागी सकेको भएपनि अहिले भाइरल गरेर विवाद चर्काउने खोजिएको गुनासो गरेका छन ।
यता हिन्दुवादी संगठनहरुले भने आलमलाई पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन नरोकिने अडान यथावत राखेका छन । आन्दोलन चर्किदै जाँदा आपसी सद्भाव विथोलिने सम्भावना देखेर दुबै धर्मावलम्बीका अगुवा र आन्दोलनरत पक्षसंग छलफल गरी समस्या समाधानको प्रयास भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ