News Category 2082/09/13

दाउरा बाँड्दै नगरपालिका

दैनिक समाचारदाता

दाउरा बाँड्दै नगरपालिका

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    अत्याधिक चिसोले जनजीवन कष्टकर बन्दै जाँदा राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ । 
    आईतवार एकाविहान ट्याक्टरमा दाउरा बोकेर निस्केकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडाअध्यक्ष तथा नगरपालिकाका कर्मचारीको टोलीले नगरको चौक÷चौक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो । 
    शीतलहर तथा चिसोबाट सर्वसाधारणलाई जोगाउन दाउरा वितरण थालिएको जनाउँदै उनले अत्यधिक चिसो भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सबैमा आग्रह गरिन् । नगरका चौक चौकमा दाउरा बालेको देखेर काम विशेषले बजार निस्केका सर्वसाधारण आगो ताप्दै आफुलाई न्यानो पार्ने प्रयासमा जुृटेका छन । एक साता यता बढेको अत्यधिक चिसोका कारण जिल्लाको दैनिकी कष्टकर बनेको छ । 

प्रतिकृया दिनुहोस