News Category 2082/09/13
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको विष्णुपुर गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । सातवटा वडा रहेको गाउँपालिकाको सबै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच पालिकालाई आइतबार बाल विवाहमुक्त घोषणा गरिएको हो ।
यसअघी सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेको छ ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री उमेश यादवले बाल विवाह मुक्त घोषणा सभाको उद्घाटन गरे ।
पालिकालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।
उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड समेत दिए ।
नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।
सो अवसरमा वडाअध्यक्ष लोचन साह, भोगेन्द्र यादव, जिवछ मण्डल, पालिकाका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता, सिनियर प्राजेक्ट संयोजक मकर बहादुर सार्की लगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ