News Category 2082/09/14
चिसो बढेपछी विद्यालयमा बिदा
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
विगत १० दिनदेखी बढेको चिसोसँगै चलेको शितलहरले जनजीवन प्रभावित बन्न थालेपछी सप्तरीका चार पालिकाले विद्यालयमा बिदा दिएको छ ।
पछिल्लो पटक जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पुस १६ देखी १८ सम्म तीन दिन विद्यालयमा बिदा दिएको हो ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले सोमबार एक सूचना जारि गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले सो बिदा दिइएको उल्लेख छ ।
यसैगरि सोमबारै जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र प्रमुख प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनको लागि विदा दिएको उल्लेख छ ।
यसअघि आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिका अन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि विदा दिइसकेको छ ।
ती दुबै पालिकाले आईतबार एक सूचना जारी गर्दै पुस १४ सोमबारदेखि लागू हुने गरी पुस १८ गते शुक्रबारसम्म पाँच दिनको विदा दिएको छ ।
सप्तरीमा विगत १० दिनदेखी बढेको चिसो र एक सातादेखी चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ । विहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ