News Category 2082/09/14
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
विषादी सेवन गराई आफ्नै चार वर्षीय नाबालक छोराको हत्या आरोपमा राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरियाकी काजल कुमारी साफी पक्राउ परेकी छिन् ।
पक्राउ परेकी साफीका ससुरा मणीलाल साफीले दिएको जाहेरीको आधारमा २०८२ बैशाख १९ गतेको सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको आधारमा काजललाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।
घरमै बसेको अवस्थामा प्रहरीले आइतबार काजललाई पक्राउ गरेको हो । अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
प्राप्त घटना विवरण अनुसार २०८२ बैशाख १४ गते राति ८ बजेतिर राजविराज १ चनौरा बस्ने २५ बर्षीया काजल देवी साफीले घरायसी वादविवादको कारण नाम नखुलेको किरा मार्ने विषादी सेवन गरी आफ्नै छोरा ४ वर्षिय सौरभ कुमार साफी समेत लाई विषादी सेवन गराएको र त्यसको भोलीपल्ट १५ गते विषादी सेवनका कारण उपचारकै क्रममा छोरा सौरभको मृत्यु भएको थियो ।
छोराको मृत्यु भएको र आमा काजल केही दिनको उपचारपछि घर फर्किएकी थिइन् । घटनाका बेला उनका श्रीमान् अनिल ४ बर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा थिए । स्वास्थ्य उपचार गराएर अस्पतालबाट फर्किएकी काजल भने आफूले छोरालाई विष सेवन गराएर आफू पनि विष सेवन गरेको कुरालाई अस्वीकार गरेकी थिइन् ।
छोरा सौरभले घरमै राखिएको चामलमा किरा लाग्न नदिने विषादीयुक्त ‘ट्यावलेट’ लाई हजमोला पाचक सम्झेर खाएको उनले भनाई छ । “छोरा नै जिवित नरहने भएपछि म बाँचेर के गर्नु ?” भन्दै आवेगमा कठोर निर्णय लिदै छोराको मुखबाट निकालेको त्यो ट्यावलेट आफूले पनि खाएको“ त्यतिबेला काजलको दावी थियो ।
घट्ना भएको बेला हाम्रो घर परिवारमा कुनै विवाद नरहेको उनकी सासु सुलोचना र ससुरा मणीलालले बताउदै आएका थिए । पति, सासु, ससुरासंग कुनै वादविवाद वा मतभेद नभएको अस्पतालबाट घर फर्किएपछि काजलले पनि दावी गरिन ।
काजल उनका सासु सुलोचना समेतले सौरभलाई विषादी नखुवाईएको दावी गरिरहँदा तत्कालिन प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले “यो अनुसन्धानबाट मात्र स्पष्ट हुनेछ” बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ