News Category 2082/09/15

जनमुखीको २४ साधारण सभा सम्पन्न

दैनिक समाचारदाता

जनमुखीको २४ साधारण सभा सम्पन्न

   राजविराज÷राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । 
    संस्थाका अध्यक्ष सचिन्द्र दासद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा गत आ.ब. २०८१÷८२ मा संस्थाको कुल बचत ५८ लाख ९१ हजार ३४ रुँपैया रहेको छ । उनले विगतका तुलनामा गत आ.ब.मा देशको परिस्थिती र लगानीको सुनिश्चित्तामा हस आएको बेला पनि संस्थाले उक्त रकम बचत गर्न सफल भएको उल्लेख गरे । 
    हाल संस्थामा शेयर पुँजी ३ करोड ३४ लाख ३ हजार ४ सय रहेको उल्लेख गर्दै अध्यक्ष दासले यो पुँजी विगत पाँच वर्षको तुलनामा झण्डै एक करोडले बढोत्तरी भएको बताए । 
    आयोजित साधारण सभामा जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता, एभरेष्ट सहकारी संस्थाका संचालक शिवनन्दन यादव, संस्थाका सदस्य चुनचुन यादव, पत्रकार नवीनकुमार गुप्ता लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस