News Category 2082/09/17
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई जिल्लाको पाँचौ बाल विवाहमुक्त पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको सबै ८ वटै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच बुधबार पालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
यसअघि सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे ।
विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा पालिकाका र गाउँका अगुवाहरुसँगको समन्वयमा बाल विवाहमुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम विभिन्न कार्यक्रम, अभियान पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको गाउँपालिका अध्यक्ष अरुण मण्डलको भनाई छ ।
सो अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले बाल विवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ