News Category 2082/09/17
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई जिल्लाको पाँचौ बाल विवाहमुक्त पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको सबै ८ वटै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच बुधबार पालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
यसअघि सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे ।
विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा पालिकाका र गाउँका अगुवाहरुसँगको समन्वयमा बाल विवाहमुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम विभिन्न कार्यक्रम, अभियान पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको गाउँपालिका अध्यक्ष अरुण मण्डलको भनाई छ ।
सो अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले बाल विवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ