News Category 2082/09/18

कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति

दैनिक समाचारदाता

कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित एक कुखुरा फर्ममा शुक्रबार आगलागी हुँदा सातलाख बराबरको क्षति भएको छ ।
    सो गाउँपालिका वडा नं. १ बिरपुरटोलस्थित कुखुरा फार्ममा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
    शुक्रबार विहान ५ः३० बजेको समयमा स्थानीय ४० वर्षीय कृष्णदेव यादवले सञ्चालन गरेका राहुल कृष्ण पशुपन्छी कुखुरा फार्ममा विद्युत् करेन्ट सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
    आगलागीबाट करिब चार सय कुखुरा, कुखुराको दाना तथा बाँसको टाँटीले बनेको जस्ताको छानो भएको कुखुरा पाल्ने घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    प्रहरी, स्थानिय र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको दमकलको सहयोगमा तीन घण्टा पछि आगो पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस