News Category 2082/09/18

जगन्नाथ रथयात्राको तयारी पुरा

दैनिक समाचारदाता

जगन्नाथ रथयात्राको तयारी पुरा

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    विगत केही वर्षदेखी राजविराजमा मनाइदै आइरहेको जगन्नाथ रथयात्रा महोत्वसको तयारी पुरा भएको छ । 
    यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ । कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन । 
    श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनःसोही ठाउँमा पुगी टुङ्गिएको थियो । 
    श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिर राजविराजको समन्वय तथा श्रीकृष्ण भक्त मण्डल र इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ देखी पुष २५ सम्म श्रीमद्भागवत कथा सप्ताह ज्ञानमहायज्ञ तथा पुष २६ गते जगन्नाथ रथयात्रा लगायतका धार्मिक कार्यक्रम गरी महोत्वस मनाउन लागिएको हो । 
    सप्ताहब्यापी महोत्वस अन्र्तगत पुष १८ देखी पुष २५ सम्म भारत मथुराका प्रंख्यात कथाब्यास रामानुज दासबाट कथा बाचन कार्यक्रम हुने कार्यक्रम रहेको छ । 
    यस्तै पुष २६ गते भब्य जगन्नाथ रथयात्रा निकालिने छ । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै आपसी सदभाव बढाउने र समाजमा देखिएका विकृती विसंगती न्यूनिकरण गर्न मदत पु¥याउने आयोजकको विश्वास छ । 

प्रतिकृया दिनुहोस