News Category 2082/09/23
क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी भरत यादव र श्यामा देवी दम्पत्तीले आफ्ना १७ वर्षिय छोरा गंगा यादवको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट सहयोगको याचना गरेका छन् ।
क्यान्सर रोगले थला परी उपचाररत १७ वर्षिय गंगा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागी भर्ना छन् । उनको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट यादव दम्पत्तिले आर्थिक सहयोगको याचना गरेका हुन ।
भरत यादव र श्यामा देवी दम्पत्तीका एक मात्र छोरा गंगा मस्तिष्क र खुट्टाको क्यान्सरको उपचारका लागी विगत एक महिनादेखी उक्त अस्पतालमा भर्ना छन । किसान परिवारका गंगाको यस अघि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गरीएको बुवा भरतले बताए । तर त्यहाँ निको नभएपछी थप उपचारका लागी भरतपुर स्थित क्यान्सर अस्पताल ल्याइएको उनको भनाई छ ।
दिल्लीमा उपचार गराउँदा नेपाली ९ लाख रुपैया खर्च भएको र त्यसका लागी परिवार चलाउन एकमात्र आयश्रोतको रुपमा रहेको ३ कठ्ठा खेतीयोग्य जग्गा बेच्नु परेको उनले सुनाए । उपचार खर्च बढ्दै गएपछी अहिले समस्यामा परेको उनले पीडा पोखे ।
क्यान्सर उपचारको क्रममा अहिले छोराको “किमो” उपचार पद्धती चलिरहेको भन्दै उनले अहिले औषधी, अस्पताल शूल्क र हेरचारका लागी बसेका हामीलाई खान, वस्न समेत रकमको अभाव भएको जानकारी दिए ।
आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै यादव दम्पत्तीले समेत आर्थिक सहयोगका लागी सबैसँग याचना गरेका छन । उनीहरुले सहयोगका लागी मोबाईल नम्बर ९७०२०३२२०१ मा पनि सम्पर्क गर्न सबैमा आग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ