News Category 2082/09/23
क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ निवासी भरत यादव र श्यामा देवी दम्पत्तीले आफ्ना १७ वर्षिय छोरा गंगा यादवको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट सहयोगको याचना गरेका छन् ।
क्यान्सर रोगले थला परी उपचाररत १७ वर्षिय गंगा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागी भर्ना छन् । उनको जिवन रक्षाका लागि अस्पतालको शैयाबाट यादव दम्पत्तिले आर्थिक सहयोगको याचना गरेका हुन ।
भरत यादव र श्यामा देवी दम्पत्तीका एक मात्र छोरा गंगा मस्तिष्क र खुट्टाको क्यान्सरको उपचारका लागी विगत एक महिनादेखी उक्त अस्पतालमा भर्ना छन । किसान परिवारका गंगाको यस अघि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गरीएको बुवा भरतले बताए । तर त्यहाँ निको नभएपछी थप उपचारका लागी भरतपुर स्थित क्यान्सर अस्पताल ल्याइएको उनको भनाई छ ।
दिल्लीमा उपचार गराउँदा नेपाली ९ लाख रुपैया खर्च भएको र त्यसका लागी परिवार चलाउन एकमात्र आयश्रोतको रुपमा रहेको ३ कठ्ठा खेतीयोग्य जग्गा बेच्नु परेको उनले सुनाए । उपचार खर्च बढ्दै गएपछी अहिले समस्यामा परेको उनले पीडा पोखे ।
क्यान्सर उपचारको क्रममा अहिले छोराको “किमो” उपचार पद्धती चलिरहेको भन्दै उनले अहिले औषधी, अस्पताल शूल्क र हेरचारका लागी बसेका हामीलाई खान, वस्न समेत रकमको अभाव भएको जानकारी दिए ।
आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै यादव दम्पत्तीले समेत आर्थिक सहयोगका लागी सबैसँग याचना गरेका छन । उनीहरुले सहयोगका लागी मोबाईल नम्बर ९७०२०३२२०१ मा पनि सम्पर्क गर्न सबैमा आग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ