News Category 2074/05/09
सकरपुरावासी दुषित पानी पिउन बाध्य
दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सप्तरीको सकरपुराका बाढीपीडित परिवारहरु ट्युवेलबाट दुर्गन्धित पानी पिउन बाध्य भएका छन ।
बाढीका कारणले साबिकको सकरपुरा गाबिस हाल तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ का झण्डै १ हजार ६४ परिवारको खानेपानी टयुवेल पुर्ण रुपमा डुबान भएर ट्युवेलमा लेदो आउँने तथा सफा पानी दिन छोडेपछि बाढीपीडितहरु दुर्गन्धित पानी प्रयोग गर्न बाध्य भएका हुन ।
बाढीका कारण हरेक ब्यक्तिको घरको खानेपानी ट्युवेल डुबानमा परेपछि सो वडाका हजारौं बाढीपीडित परिवारहरु दुर्गन्धित पानी खादाँ बिरामी परेको स्थानीय दामोदर मुखियाले जानकारी दिदै दुर्गन्धित पानी खाएकै कारणले अहिले सो क्षेत्रका बाढीपिडितहरु बिरामी परेको बताउनुभयो ।
त्यस्तै प्रत्येक बाढीपीडित परिवारको घरमा पानी पसेपछि त्यहाँ अहिले झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने, घाँटी दुख्ने, सर्प टोक्ने लगायतका कारण बिरामीहरुको संख्यामा बृद्धि भएको सामाजिक परिचालक शिवनाथ यादवले जानकारी दिनुभयो ।
यता बाढीपीडित परिवारहरुका ५६ थान फिल्टर जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले वितरण गरेपनि सो अपुग भएकाले थप फिल्टर वितरण गर्नुपर्ने माँग सामाजिक परिचालक यादवले गरेका छन ।
त्यस्तै केही परिवारहरुका लागि पानी शुद्धिकरण गर्ने पिल्स समेत वितरण गरेपनि सो सबै बाढीपीडित परिवारहरुलाई नपुगेकाले त्यहाँका बाढीपीडित परिवारहरु दुर्गन्धित पानीको प्रयोग गर्दै आईरहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ