News Category 2071/08/08
अनार भुवनेश्वर हस्पिटलमा जटिल ट्युमरको शल्यक्रिया
नवीनकुमार गुप्ता
राजविराज, ७ मंसिर ।
मलद्वार छेउमा मासु पलाएर कष्टपूर्ण जीवन जिउँदै आएका सप्तरीका एक अधबैसे पुरुषको राजविराजमै सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
सप्तरीको मलेकपुर गाविस १ निवासी ४५ वर्षीय भुला सदाको स्थानीय अनार भुवनेश्वर हस्पिटल प्रा.लि.मा सफलतापूर्वक शनिवार राती शल्यक्रिया गरिएको हो । सदाको मलद्वार छेउमा पाँचसय ग्रामको मासु पलाएर ट्यूमरमा परिणत भएपछि उनलाई जीवन यापनमा अत्यधिक समस्या भईरहेको थियो ।
तर, हस्पिटलका डा. शम्भु नवल यादवको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले झण्डै एक घण्टा लगाएर सदाको ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गर्न सफल भएको हो । डा. यादवको टोलीमा स्टाफ नर्स रेखा देव, स्वास्थ्यकर्मीहरु विना यादव र रामबाबु सिपलियासहितका स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
‘डा. यादवसहितका स्वास्थ्यकर्मीहरुले आफ्नो जीउमा पलाएको मासुको सफल शल्यक्रिया गरेर नयाँ जीवन ल्याईदिनुभयो’, शल्यक्रियापछि आईतवार उपचारकै क्रममा रहेका सदाले राजविराज दैनिकसित कुराकानी गर्दै भने, ‘१३ वर्षदेखि शरीर मासु पलाएपनि आफूलाई सुरुमा कुनै समस्या थिएन, तर पछिल्लो केही दिनदेखि बढी समस्या हुनथालेपछि नजिककै स्वास्थ्यकर्मीलाई देखाएपछि अप्रेसन गर्न सल्लाह दिनुयभो ।’
अप्रेसन गर्नुपर्ने भएपछि रकम अभावले समस्या भएपनि अनार भुवनेश्वर हस्पिटलले सस्तोमा उपचार गर्ने खबर पाएर आफु यही अस्पतालमा अप्रेसन गराउन आएको र सफलतापूर्वक अप्रेसन पनि भएको सदाले खुशी हुँदै बताए ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रसुतीबाहेकको शल्यक्रिया नहुने अवस्थामा राजविराजमा सञ्चालित अर्को निजी हस्पिटल अनार भुवनेश्वरको यस्तो सफल शल्यक्रिया हुनथालेपछि सर्वसाधारणलाई अन्यत्र धाउनुभन्दा केही हदसम्म सुलभ भएको छ ।
‘सदा जस्तै मासु पलाएका अन्य बिरामीहरुको पनि हाम्रो हस्पिटलमा सफल शल्यक्रिया भएको छ’, हस्पिटल ब्यवस्थापन समितिका अध्यक्ष डा. बिरेन्द्र यादवले भने, ‘तर, सदाजी अली बढी नै मासु पलाएको थियो, हामी सफलतापूर्व शल्यक्रिया ग¥योँ ।’ सदाको शल्यक्रिया गर्ने डा. शम्भु नवल यादव प्रत्येक शनिवार अनार भुवनेश्वर हस्पिटलमा सेवा दिन आउने गरेको अध्यक्ष डा. यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ