News Category 2071/08/09
सभासद् चौधरीको पा“च बु“दे “शैक्षिक क्षेत्र सुधार” कार्यक्रम
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
सप्तरी क्षेत्र न. ५ का सभासद तेजुलाल चौधरीले संसदीय कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि पाँच बुँदे कार्यक्रम संचालन गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले दिन प्रतिदिन शिक्षाको गुणस्तर खस्किदै गएको प्रति चिन्ता ब्यक्त गर्दै आफु निर्वाचित क्षेत्र न. ५ मा विद्यार्थी, शिक्षक र विद्यालयलाई गुणस्तर शिक्षाका लागि प्रोत्साहन स्वरुप ती पाँच वटा कार्यक्रम लागु गर्न लागिएको जानकारी दिनुभयो ।
सभासद चौधरीले शैक्षिक सत्र २०७१ को प्रवेशिका एसएलसी परीक्षामा सप्तरी क्षेत्र न. ५ भरिका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट नियमित तर्फ उत्तिर्ण गर्ने हरेक छात्रा विद्यार्थीलाई १÷१ वटा साईकल प्रोत्साहन स्वरुप प्रदान गर्ने जानकारी दिनुभयो ।
त्यस्तै एसएलसी परीक्षामा ५० प्रतिशत वा सो भन्दा बढी विद्यार्थी उतिर्ण गराउने सामुदायिक विद्यालयहरुलाई रु.१ लाख बराबरको शैक्षिक सामग्री वा विद्यालयले चाहेको भौतिक श्रोतसाधन खरिद गरी प्रदान गरिने बताउनुभयो ।
यसैगरी एसएलसी परीक्षामा आप्mनो विषयमा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयका शिक्षकहरुलाई जनही ५÷५ हजार रुपैयाँ नगद पुरस्कार, कदर पत्र सहित दोसल्लाह ओढाएर सम्मान गरिने भएको छ । यस्तै क्षेत्र न. ५ भरीमा उत्कृष्ठ ठहरिने वा ५० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण गराउने विद्यालयका प्रअहरुलाई जनही १०÷१० हजार रुपैयाँ नगद, सम्मानपत्र सहित दोसल्लाह ओढाएर सम्मानित गरने जनाएको छ ।
यसैगरि सामुदायिक विद्यालयबाट बिशिष्ट तथा प्रथम श्रेणीमा उतिर्ण गर्ने विद्यार्थीहरुमध्ये उत्कृष्ट १० जनालाई नाइटिङ्गेल उमावि कुपण्डोल ललितपुरमा कक्षा ११ र १२ दुई वर्ष अध्ययन गर्नको लागि विशेष व्यवस्था गरिने आयोजित पत्रकार सम्मेलनमा सभासद चौधरीले जानकारी दिनुभयो ।
साथै पत्रकार सम्मेलनमा सभासद चौधरीले एसएलसी परीक्षामा माथि उल्लेखित नतिजा प्राप्त गर्नका लागि साप्ताहिक रुपमा हरेक शनिबार परीक्षा लिने व्यवस्था गर्नका लागि सम्बन्धित विद्यालयका प्रअहरुलाई अनुरोध गर्नुका साथै परीक्षाका लागि आवश्यक पर्ने निरीक्षक लगायत जनशक्ति विद्यालयले स्वयं व्यवस्था गर्नुपर्ने तर निजहरुलाई खाना र भत्ताको व्यवस्था गर्न सकिने तथा परीक्षा भएको तीन दिन भित्र परीक्षण गरिएको उत्तर पुस्तिका सम्बन्धित शिक्षकले विद्यालयमा बुझाउनुपर्ने र सो को अभिलेख विद्यालयले राख्नुपर्ने स्थानीय विद्यालयलाई गर्नुपर्ने आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ