News Category 2071/08/11
७ देखी १० प्रदेश हुनुपर्ने ः एमाओवादी नेतृ यमी
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं महिला नेतृ हिसिला यमीले माघ ८ मै संविधान आउने बताउनुभएको छ ।
जिल्ला स्तरिय कार्यकर्तालाई प्रशिक्षण दिन सप्तरी आएकी माओवादी नेतृ यमीले बुधवार पत्रकार सम्मेलनमा माओवादी जिम्मेवार पार्टी भएकाले माघ ८ मै सहमतीय संबिधान ल्याउन लचक्ता अपनाई रहेको बताउनुभएको छ ।
उहाँले संघियताबारे बिज्ञहरुले प्रस्तुत गरेको १० प्रदेशको अबधारणा नै सर्बोत्तम भएको जिकिर गर्नुहुँदै ७ देखी १० प्रदेशसम्म बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा यमीले संबिधान निर्माणको प्रकृया बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको अभिब्यक्तिलाई कुनै पनि किसिमले हस्तक्षेप भन्नु नमिल्ने बताईन् । सहमतीय वा बहमतिय प्रकृयाबाट संबिधान निर्माण गर्ने बारे बहस भईहदा भारतीय प्रधानमन्त्री मोदीले संबिधान सहमतिय प्रणालीबाट बन्नु पर्ने अन्यथा नेपालले संकट भोग्नु पर्ने बताउनु भएको थियो ।
यता मोदीको बिवादीत अभिब्यक्तिलाई एमाओवादीका उपाध्यक्ष नरायणकाजी श्रेष्ठ प्रकाशले नेपालको आन्तरिक मामलामा ठाढो हस्तक्षेप भन्नुभएको थियो । तर, एमाओवादी केन्द्रिय सदस्य यमीले आफ्नै पाटीका नेता प्रकाशको भनाईको आलोचना गर्दै मोदीले सोहि समयमा नेपाली नेताहरुलाई ठिक सल्लाह दिएको बताईन् ।
बिज्ञहरुको प्रतिवेदन अनुसार १० प्रदेशको खाकालाई टेकेर सहमति नखोजिए र काग्रेस एमालेले बहुमतको आडमा संबिधान ल्याउन खोजिए मुलुकमा पुनः आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ