News Category 2071/08/11
धारिलो हथियार प्रहारबाट श्रीमान श्रीमति गम्भिर घाईते
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
सप्तरीको रायपुर गाविस २ पिप्राही टोलमा दुई पक्षबिच भएको कुटाकुटमा धारिलो हथियारको प्रयोगबाट श्रीमान श्रीमति गम्भिर घाईते भएका छन ।
घरमा पानीको फोहोर फालेको विषयलाई लिएर दुई पक्षबिच झै झगडा हुदाँ धारिलो हथियारको प्रहारबाट स्थानीय ४५ वर्षिय राजेन्द्र प्रसाद साह र उनका श्रीमति ४२ वर्षिया तारा देवी साह गम्भिर घाईते भएका छन ।
सोही ठाउँका विशेश्वर साह, उनका भाई रामलोचन साह, उनका श्रीमति झरुल देवी साह, छोराहरु प्रमोद भनिने प्रकाश कुमार साह, बिनोद कुमार साह र छोरी माला कुमारी साहले कोदालो र काठको भाटाबाट हिर्काउँदा श्रीमान श्रीमति गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भिर घाईते श्रीमान श्रीमतिको तत्काल रायपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएपनि त्यहाँँ उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो ।
घाईतेहरुको राजविराजमा पनि उपचार सम्भवं नभएपछि दुवै जनालाई थप उपचारको लागि धरान पठाईएको परिवारजनले बताएका छन ।
यसैबिच कुटपिट गरेको आरोपमा माला कुमारी साहलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ