News Category 2071/08/12
छाडा पशु चौपाया नियन्त्रणमा लाग्यो नगरपालिका
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले बिहीबार करिब एक दर्जन चौपायालाई नियन्त्रणमा लिएको छ ।
शहरमा बढ्दो दुर्घटना तथा शहर कुरुप बन्दै गएको भन्दै राजविराज नगरपालिकाले केही दिन अगाडी सार्वजनिक सुचना प्रकाशन गरी छाडा पशु चौपाया नियन्त्रणका लागि अनुरोध गरेको थियो । सोही अन्तर्गत बिहीबार नगरपालिकाले छाडा गाई वस्तु नियन्त्रण गरी काँजी हाउसमा राखेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँले यसअघि शहरको विभिन्न भागमा आधा दर्जन सुगुंर मारिएको तथा केही छाडा बाख्राहरुलाई नियन्त्रणमा लिई जरिवाना समेत असुल गरेको बताउँनुभयो ।
नियन्त्रणमा लिइएका गाईबस्तुहरु चौपायाधनिले २४ घण्टा भित्र लगे रु. २ सय जरिवाना तिर्नुपर्ने बताउँदै सो समय अवधिमा नलगेमा प्रति दिन रु.५० को दर थप जरिवाना तिर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।
यसैगरी कार्यकारी अधिकृत गुरुङ्गले काँजी हाउस निमार्णका लागि छुट्टै बजेट छुटयाइएको जानकारी दिदै गत आर्थिक वर्ष यसका लागि रु. ७० हजार निकासा भएको बताउनुभयो । हाल काँजी हाउसका लागि नगरपालिका कार्यालय भित्रै एक स्थानमा बनाइएको छ ।
यस्तै उहाँले हालै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमबाट पनि नगरबासीहरुले छाडा चौपाया सम्बन्धि ब्यापक गुनासो गरे अनुसार नै यसलाई नियन्त्रण गर्न नगरपालिका सक्रिय भएको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ