News Category 2071/08/12
छाडा पशु चौपाया नियन्त्रणमा लाग्यो नगरपालिका
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले बिहीबार करिब एक दर्जन चौपायालाई नियन्त्रणमा लिएको छ ।
शहरमा बढ्दो दुर्घटना तथा शहर कुरुप बन्दै गएको भन्दै राजविराज नगरपालिकाले केही दिन अगाडी सार्वजनिक सुचना प्रकाशन गरी छाडा पशु चौपाया नियन्त्रणका लागि अनुरोध गरेको थियो । सोही अन्तर्गत बिहीबार नगरपालिकाले छाडा गाई वस्तु नियन्त्रण गरी काँजी हाउसमा राखेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँले यसअघि शहरको विभिन्न भागमा आधा दर्जन सुगुंर मारिएको तथा केही छाडा बाख्राहरुलाई नियन्त्रणमा लिई जरिवाना समेत असुल गरेको बताउँनुभयो ।
नियन्त्रणमा लिइएका गाईबस्तुहरु चौपायाधनिले २४ घण्टा भित्र लगे रु. २ सय जरिवाना तिर्नुपर्ने बताउँदै सो समय अवधिमा नलगेमा प्रति दिन रु.५० को दर थप जरिवाना तिर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।
यसैगरी कार्यकारी अधिकृत गुरुङ्गले काँजी हाउस निमार्णका लागि छुट्टै बजेट छुटयाइएको जानकारी दिदै गत आर्थिक वर्ष यसका लागि रु. ७० हजार निकासा भएको बताउनुभयो । हाल काँजी हाउसका लागि नगरपालिका कार्यालय भित्रै एक स्थानमा बनाइएको छ ।
यस्तै उहाँले हालै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमबाट पनि नगरबासीहरुले छाडा चौपाया सम्बन्धि ब्यापक गुनासो गरे अनुसार नै यसलाई नियन्त्रण गर्न नगरपालिका सक्रिय भएको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ