News Category 2071/08/13
दैनिक ज्यालादारी कर्मचारी डिभिजन प्रमुख अगाडी धर्नामा
दैनिक संवाददाता
राजविराज, १२ मंसिर ।
विगतमा भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माँगहरु अघि सारी दैनिक ज्यालादारी कर्मचारी इकाई समितिको आन्दोलन शुक्रबार पनि जारी रहेको छ ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन न. २ अन्तर्गत दैनिक ज्यालादारी कर्मचारी इकाई समितिले शुक्रबार बिहान १० बजे देखि १ बजेसम्म डिभिजन प्रमुखलाई घेराउ गरी धर्नामा बसेको हो ।
कार्यालयको दरबन्दीमा कार्यरत ढल्पाहरुको समानपदको तलब बराबर रकम दैनिकी परिश्रमिकमा काम गर्ने ढल्पाहरुलाई पनि सोही बराबर परिश्रमिक उपलब्ध गराउँनुपर्ने ,१० देखि ३० वर्ष सम्म दैनिकी काम गर्ने दक्ष कामदार श्रमिकहरुलाई उमेरको हद लगाई हटाउँदा एक मुष्ट एक वर्ष बराबरको २ महिनाको दरले खाईपाइ आएको परिश्रामिक रकम बराबर रकम उपलब्ध गराउनुपर्ने, सो रकम सम्बन्धित पक्षहरुले उपलब्ध नगरासम्म सम्पुर्ण श्रमिकहरुलाई यथावत काममा लगाई राख्नुपर्ने र संवेदनशिल क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई जिवन बिमा तथा दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माँगहरु अघि सारि आन्दोलनमा ओर्लेका हुन ।
सप्तरीमा ७० जना श्रमिक ज्यालादारी कर्मचारीहरु मध्ये ३२ जनालाई उमेरको हद अर्थात ५८ वर्ष पुरा भएको भन्दै कार्तिक १ गतेबाट खारेज गरेको भन्दै आन्दोलनमा ओर्लेको समितिका अध्यक्ष छत्र नारायण यादवले जानकारी दिनुभयोयस् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत बिहिबार कालोपटी बाँधी विरोध गरेका थिए भने १४ गते आईतबार कार्यालयको सम्पुर्ण कार्य बन्द गरी डिभिजन प्रमुखलाई घेराउ गरी धारणा बस्ने, १५ गते सोमबारदेखि २६ गते सम्म २४ घण्टै रिले अनसन गर्ने तथा २६ गतेसम्म माँग प्रति कुनै वास्ता नगरेको खण्डमा २८ गते १ बजेदेखि माँग पुरा नहुन्जेलसम्म आमरण अनसन गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ