News Category 2071/08/14
७४ जिल्लामा ७ हजार २ सय सहकारी संस्था
राजविराज÷राष्ट्रिय सहकारी बैंक संचालन समिति अध्यक्ष रमेश प्रसाद पोखरेलले ७४ जिल्लामा ७ हजार २ सय सहकारी संस्थाहरु रहेको जानकारी दिनुभएको छ ।
राष्ट्रिय सहकारी बैंकको ११ औं बार्षिक साधारण सभा सम्बन्धि शनिबार राजविराजमा आयोजित छलफल कार्यक्रममा उहाँले सो जानकारी दिदै मुलुक सहकारीमय तर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।
उहाँले विश्वमा रहेका २ सय भन्दा बढी मुलुक मध्ये १ सय भन्दा बढी मुलुकमा सहकारी संस्थाहरु रहेको बताउँदै ७ अर्ब मानिस मध्ये १ अर्ब भन्दा बढी मानिसहरु सहकारीसँग आवद्ध रहेको जानकारी दिनुभयो ।
अगामी मंसिर २९ गते विराटनगरमा हुन गईरहेको बैंकको ११ औं वार्षिक साधारण सभाको उद्घाटन उपराष्ट्रपति परमानन्द झाले गर्नुहुने जानकारी दिदै उहाँले सो समयअवधीमा बाँकी रहेका एक जिल्लामा पनि सहकारी संस्था गठन भइसक्ने बताउनुभयो ।
हाल राष्ट्रिय सहकारी बैंकको २५ जिल्लामा ३४ वटा शाखा रहेकोले सो शाखालाई विस्तार गर्दै ५० वटा सम्म लैजाने अध्यक्ष पोखरेलको लक्ष्य रहेको छ । यस्तै साधारण सभामा एउटा जिल्लामा चार वटा शाखा सम्म खोल्न सकिने प्रस्ताव लैजाने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
बैंकले १७ जिल्लामा ६७ वटा सहकारी संस्था मार्फत युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ७ सय २५ जना युवाहरु लाभान्वित भइरहेको उहाँ उल्लेख गर्नुभयो । अध्यक्ष पोखरेलले हाल राष्ट्रिय सहकारी बैंकको ६४ करोड शेयर पुँजी रहेको बताउँदै बैंकमा ९ अर्ब निक्षेप रहेको जानकारी दिनुभयो ।
सो छलफल कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका व्यवस्थापन समितिका संयोजक विश्वनाथ मण्डलले जिल्लाको निक्षेप र लगानी संतोषजनक नरहेको बताउँदै यसप्रति केन्द्रिय कार्यालयले जिल्लामा ऋण लगानीतर्फ ध्यान दिनुपर्ने आग्रह गर्नुभयो । राष्ट्रिय सहकारी बैंक राजविराज शाखामा हाल जिल्लाका १ सय ५० वटा सहकारी संस्थाहरु शेयर सदस्य रहेका छन ।
उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख अशोक कुमार दास यादव, व्यवस्थापन समितिका सदस्य खुशिलाल यादव लगायतका वक्ताहरुले आ– आफनो विचार राख्नुभएको थियो । सो अवसरमा जिल्लाका अधिकांश सहकारी संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ