News Category 2071/08/16
भारतीय मजदुरबाट सप्तरीका किसान धान कटाउन बाध्य
शुभ नारायण यादव
राजविराज, १५ मंसिर ।
युवाहरु बिदेशिएका कारण मजदुरको अभावमा सप्तरीका किसानहरुलाई धान काट्न समस्या भएको छ ।
बढ्दो बेरोजगारीका कारण यहाँँका अधिकांश युवाहरु बिदेशिएपछि अहिले धान काट्ने बेलामा मजदुरको अभावमा धान काटनमा किसानहरुलाई समस्या भएको छ । मजदुर नपाउँदा छिमेकी भारतबाट मजदुरहरु ल्याएर धान काटन बाध्य छन यहाँका किसानहरु ।
मंसिरको पहिलो साता सम्ममा धान काटेर घर भित्राउनुपर्ने स्थानमा अहिले सम्म यहाँ करिब ६० प्रतिशतको हाराहारीमा मात्र धान कटाई भएको स्थानीय कृषकहरु बताउँछन ।
धान पाकेर खेतमा झर्दै छ, तर मजदुरको अभावमा समयमा धान काटेर घर भित्राउन नसकेको बडही विरपुरका स्थानीय कृषक बौवालला यादवले गुनासो गर्नुभयो । खासगरी मजदुरको अभावमा जिल्लाको पश्चिमी र दक्षिणी भेगमा अझै धान काटन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सप्तरीको रम्पुरा मल्हनिया ४ का किसान रामेश्वर यादव भन्नुहुन्छ, “मजदुर नपाउँदा छिमेकी भारतको कुनौली र कमलपुरबाट भारतीय मजदुर ल्याएर दोब्बर मुल्यमा धान कटाउनु परेको छ ।”
यादव जस्तै त्यस भेगका अधिकांश किसानहरुको यस्तै भनाई रहेको छ । मजदुर अभावमा यहाँका किसानहरु बाध्यता छिमेकी भारतीय जिल्लाबाट मजदुर ल्याएर धान कटाउन थालेका छन् ।
मंसिर महिनाको दोश्रो साता सम्ममा करिब ९० प्रतिशत धान काटिसक्नुपर्ने अवस्थामा ६० प्रतिशत पनि धान काट्न सकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बालि अधिकृत विद्यासागर यादवको भनाई छ ।
उहाँले यस वर्ष सप्तरीमा कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये ४२ हजार हेक्टर अर्थात करिब ६० प्रतिशत मात्र धान रोपाई भएको तथा यस वर्ष धान उत्पादनमा पनि कमि आउँने बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ