News Category 2071/08/16
राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन
दैनिक संवाददाता
राजविराज, १५ मंसिर ।
सप्तरीबाट राष्ट्रिय मिडियामा कार्यरत संचारकर्मीहरुको एक भेलाले सोमबार राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन गरेको छ ।
राष्ट्रिय मिडियाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरु सदस्य रहने गरि कान्तिपुर दैनिकका सप्तरी संवाददाता जितेन्द्र खड्गाको संयोजकत्वमा सो संजाल गठन गरिएको हो ।
सोही भेलाले सप्तरीका सरकारी तथा गैर सरकारी निकायहरुले गर्ने गरेको औपचारिक÷अनौपचारिक कार्यक्रमहरुमा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा आबद्ध सप्तरीका सञ्चारकर्मीहरुलाई बेबास्ता गर्नु, पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले समेत राष्ट्रिय सञ्चार माध्यममा आबद्ध पत्रकारहरु प्रति देखाउने गरेको बेबास्ता पूर्ण रवैयाप्रति खेद व्यक्त गरेको छ ।
यस्तै जिल्ला विकास समिति सप्तरीले सोमवारदेखि आयोजना गरेको जिल्लाको अद्याबधिक विकास योजना निर्माण कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रममा राष्ट्रिय मिडिया आबद्ध पत्रकारहरुलाई नबोलाईएको प्रति बैठकले भत्र्सना गर्दै आगामी दिनमा यस्ता कार्य नदोहराउन आग्रह गरिएको छ ।
साथै पछिल्लो केहि समय यता जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा, खानेपानि लगायतका विकासीय कार्यालयहरु समेतले राष्ट्रिय मिडियाहरुको हकमा जिविस जस्तै गैर जिम्मेवारपुर्ण रवैया अपनाउँदै आएकोमा ती विकासिय कार्यालयहरुलाई समेत भेलाबाट सचेत हुन आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ