News Category 2070/05/28

दलहरु उम्मेदवार सिफारिसमा केन्द्रित

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
अगामी मंसीर ४ गतेको निर्वाचनलाई दृष्टिगत गरी बिभिन्न राजनीतिक दलहरु धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । 
मधेशी जनअधिकार फोरम नेपालले अगामी निर्वाचनका लागि सप्तरीको क्षेत्र नम्बर १ बाहेक सबै क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारको टुङगो लगाएको छ । 
मधेशी जनअधिकार फोरम नेपालले सप्तरीको २ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ भने क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह र महेश यादवको नाम सिफारिस गरेको जनाएको छ । 
फोरम नेपालले सप्तरीको क्षेत्र नम्बर ४ बाट पार्टीकी नेतृ तथा पुर्वमन्त्री रेणु यादव, सुरेन्द्र यादव र क्षेत्रीय अध्यक्ष अमरनाथ यादवको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ मो. अयुव राइन, सदानन्द यादव र साबिर खाँन तथा क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ अनरुद्ध प्रसाद सिंह, दयानन्द गोइत र बालकिशोर यादवको नाम सिफारिस गरेको फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । 
यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य हेमराज तातेडको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ दिपक यादव, देवनारायण मुखियाको नाम सिफारिस गरेको जनाएको छ ।
फोरम लोकतान्त्रिकले सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पार्टीका महासचिव जितेन्द्र नारायण देव, जिल्ला अध्यक्ष शैलेश कुमार चौधरी र केन्द्रीय सदस्य राजीव झाको नाम सिफारिस गरेको छ । 
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ सत्यनारायण यादव, बिन्दुकुमारी यादव, मुसहरु यादव, गुञ्जेश्वर यादव र जयनारायण मण्डलको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ६ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवको नाम सिफारिस गरेको फोरम लोकतान्त्रिक सप्तरीका सचिव भोगेन्द्र चौधरीले जानकारी दिनुभयो । 
सद्भावना पार्टीले सप्तरीको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ममता झा, क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह (रामबाबु), क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ अनिस अन्सारी र क्षेत्र नम्बर ४ बाट मो. जिस्मुल खाँनको नाम सिफारिस गर्ने निर्णय भएको जनाएको छ । 
यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीले पनि सप्तरीको ६ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर २ बाहेक सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 
तमलोपा सप्तरीले जिल्लाको क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ गजेन्द्र नारायण यादव, क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ जयप्रकाश ठाकुर, क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ पुष्पा ठाकुरको नाम सिफारिस गरेको जनाएको छ । 
तमलोपाले सप्तरीको क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ शंकरलाल चौधरी, बिजली चौधरी र उस्मान मियाँको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ६ मा प्रत्यक्षतर्फ बिरेन्द्र साह, राजकुमार यादव र उस्मान मियाँका नाम सिफारिस गरेको तमलोपाका केन्द्रीय सदस्य मो. आसिन मियाँले जानकारी दिनुभयो ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीले क्षेत्र नं. १ बाट पार्टीका यूवा नेता मो. कलिम मियाँ र समानुपातिकतर्फ जनवर्गीय संगठन समाजवादी दलित संघ केन्द्रिय अध्यक्ष श्याम सरदार, जिल्ला सदस्य रामसागर कुसियैत यादव, विशेश्वर खंग, क्षेत्रीय अध्यक्ष संजय कुमार मण्डल, यूवा नेता संजय पासवान, अपसना खातुन, देवनारायण राय, लालबहादुर चौधरी र अधिकलाल सरदारको सिफारिस गरेको छ । 
सप्तरीले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य केशव झा, इट्टाभट्टा संचालक एवं उद्योगपति अनवर हसन र महेश कुमार यादवको नाम सिफारिस गरेको छ । सो पार्टीले क्षेत्र नम्बर ३ बाट समानुपातिक तर्फ बिशेश्वर यादव, उर्मिलादेवी दास, बिरेन्द्र सदा, ललन प्रसाद यादव, शोभाकुमारी यादव, देवराम शर्मा खत्बे र सुशिला कण्ठको नाम सिफारिस गरिएको जनाएको छ । 
क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ गजेन्द्र कुमार मण्डल (अनुराग), बिरेन्द्र साह (क्रान्ति) र लाल मोहम्मदको नाम सिफारिस गरेको जनाएको छ । 
त्यस्तै नेपाल मजदुर किसान पार्टी सप्तरीले आसन्न संबिधानसभाको निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर ४ र ६ बाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टी सप्तरीका अध्यक्ष दिगम्बर यादवले बिहीवार प्रेस बिज्ञप्ती जारी जारी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ जयनारायण शर्मा र समानुपातिक तर्फ रतन यादवको नाम सिफारिस गर्ने निर्णय भएको जनाएको छ । 
यस्तै क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ जगदेव साफी र समानुपातिकतर्फ पवित्रादेवी यादवको नाम सिफारिस गरिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट