News Category 2074/03/27
मन्त्रीपरिषद्को निर्णय ः सप्तरी बाढी पीडितलाई २५ हजार राहत
दैनिक समाचारदाता
काठमाडौं, २६ असार ।
सरकारले सप्तरीका बाढी पीडितलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितलाई २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको छ । साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धतालाई पनि अनुमोदन गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रहरुको अवलोकन एवं निरिक्षण गर्नुभएको थियो । बाढीपीडित प्रभावित क्षेत्रहरुको अवलोकन गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण बाढीपीडित परिवारलाई दुई बण्डल जस्तापाता खरीद गर्न रु. १५ हजार र टहरा निर्माणका लागि रु. १० हजार गरि रु. २५ हजार राहत दिने घोषणा गर्दै बाढीपीडितलाई ब्यापार गर्न रु. १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको थियो ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री र गृहमन्त्रीसँगै संसदीय राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्ती तथा सदस्यहरु गंगाधर तुलाधर र रेखा शर्मा तथा सप्तरीका साँसदहरु तेजुलालचौधरी, सुरेन्द्रप्रसाद यादव, सकलदेव सुतिहार, रञ्जीत कर्ण, मानपुर चौधरी, उमेश यादव, अशोक कुमार मण्डल, लक्ष्मी चौधरी, रमणी रामसहितको टोलीले बाढी प्रभावितहरुको अवस्था बुझ्न गाउँ गाउँ पुग्नु भएको थियो ।
असार १७ गते शुक्रबार परेको अविरल वर्षाका कारण सप्तरीको विभिन्न खोलामा आएको बाढीका कारण १४ परिवार विस्थापित भएको छ भने २ सय परिवार प्रभावित हुनुका साथै १ हजार ५ सय घर र हजारौं विगहा धानबाली डुवानमा परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ