News Category 2074/03/28
सप्तरीमा मल खाद्यको कृत्रिम अभाव किसानहरु चिन्तित
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
नेपाल कृषि प्रधान मुलुक भएपनि यहाँ प्रत्येक वर्ष सहुलियत दरमा मलखाद्य तथा विउ उपलब्ध हुन नसक्दा यहाँ किसानहरु अन्यौलमा पर्ने गरेका छन् ।
आवश्यकता अनुसारको मलखाद्य तथा विउविजन यहाँका किसानहरुलाई सहुलियत दरमा समयमा उपलब्ध नहुँदा यहाँका किसानहरु भारतबाट बाध्य भएर गुणस्तरहिन मल ल्याएर प्रयोग गर्न बाध्य हुन्छन् ।
सरकारले किसानहरुका सहुलियत दरमा पठाउने मलखाद्य कृषि सामग्री संस्थान मार्फत विक्री वितरण गर्ने प्रावधान रहे पनि संस्थानले उक्त मलखाद्य कृषि सहकारी संघ तथा संस्थालाई विक्री वितरण गर्न दिने गरेका छन् ।
यता किसानहरुलाई सहुलियत दरमा मल खाघ उपलब्ध हुन नसकेका कारण जिल्लाका हजारौ किसानहरु असार बित्न लाग्दा पनि धान रोपाई गर्नबाट बञ्चित रहेको स्थानीय किसानहरुले गुनासो गरेका छन ।
सप्तरीको बरही बिरपुर गाविस ७ का किसान वौआ लाल यादबका अनुसार एक बोरा मलको लागी महिनौ दिनदेखि कृषि संस्थान तथा संघमा भौतारिदा पनि पाउन सकिएको छैन् ।
हाल पुनः संस्थानमा मलखाद्यको कृत्रिम अभाव भएपछि सहुलियत दरमा किसानहरुलाई मलखाद्य उपलब्ध नहुँदा किसानहरु बाध्य भएर छिमेकी भारतबाट गुणस्तरहिन मलखाद्य प्रयोग गर्न बाध्य छन् । हाल जिल्लामा डिएपी मलको कृत्रिम अभाव भएको गुनासो किसानहरुको गुनासो छ ।
सुहुलियत दरमा मलखाद्य उपलब्ध नहुँदा यहाँका किसानहर एकाविहानै भारतको नियौर, अन्रामण्ठ, लौकही सहितका विभिन्न स्थानबाट गुणस्तरहिन मल ल्याएर गहु खेतीमा प्रयाग गर्दै आएका छन । बारम्बार खेती सिजनमा मलखाद्यको कृत्रिम अभाव रोक्न सरकार तथा सम्बन्धित पक्षसँग स्थानीय किसानहरुले जोेडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ