News Category 2074/03/28
एमालेद्वारा एक हजार भन्दा बढी बाढी पीडित परिवारलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीका बाढी पीडित परिवारलाई मंगलबार राजविराजमा नेकपा एमालेका केन्द्रिय नेताहरुको उपस्थितीमा राहत वितरण गरिएको छ ।
नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा राजविराजनगर क्षेत्रका बाढी पीडित १ हजार १ सय ५५ परिवारलाई एमालेले राहत सामग्री वितरण गरेको हो । वाढी पीडित प्रति परिवारलाई त्रिपाल १, झुल १, मेट्रेस १, ५ किलो चामल र लुगाका राहत सामाग्री वितरण गरिएको हो ।
नेकपा एमाले, युवा संघ नेपाल, अनेरास्ववियु तथा ट्रेड युनियन महासंघ केन्द्रीय समितिले संयुक्त रुपमा सप्तरीका बाढी पीडितहरुका लागि पठाएको सो राहत सामाग्री नेकपा एमाले नगर कमिटीको संयोजनमा मंगलवार वितरण गरिएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य रामपृत पासमान, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, अनेरास्ववियुका केन्द्री अध्यक्ष नविना लामा, ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य किशोर धमला, एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी, एमालेका तर्पmबाट राजविराज नगरपालिकाका मेयरका उम्मेदवार सुखराम यादव, उपमेयरका उम्मेदवार ममता चौधरी, समाजसेवी अजीत ठाकुर लगायतले बाढी पीडितहरुलाई राहत सामाग्री वितरण गर्नुभयो ।
स्थानीय प्रशासनबाट प्राप्त बाढी पीडितहरुको सूचीको आधारमा नगर क्षेत्रका १ हजार १ सय ५५ जनालाई राहत सामाग्री वितरण गरिएको राजविराज मेयरका उम्मेदबार सुखराम यादवले जानकारी दिँदै दोस्रो चरणमा जिल्लाको ग्रामीण क्षेत्रका बाढी पीडितहरुलाई राहत वितरण गरिने कार्यव्रmम तय भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ