News Category 2071/08/19
आवश्यकता परेमा भुमिगत समेत हुन्छौं ः सिपी गजुरेल
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
नेकपा–माओवादीका केन्द्रिय उपाध्यक्ष सिपि गजुरेलले संविधान सभाको औचित्य समाप्त भईसकेको बताउँदै माघ ८ मा कुनै पनि हालतमा संविधान जारी नहुने ठोकुवा गर्नुभएको छ ।
नेकपा–माओवादी जिल्ला समिति सप्तरीले राजविराजमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम पश्चात् बिहिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सो ठोकुवा गर्नुभएको हो ।
उहाँले माघ ८ मा दुई तिहाई बहुमतबाट संविधान आयो भने मुलुकमा ठुलो आँधी बेहरी आउने चेतावनी समेत दिनुभयो । गजुरेलले वर्तमान सरकारलाई नौटङ्गकीको संज्ञा समेत दिनुभयो ।
सर्वपक्षिय राजनितिक सभाबाट मात्र मुलुकमा निकास मिल्न सक्ने बताउँदै उहाँले यदि वर्तमान सरकारले जर्वजस्ती संविधान जारी ग¥यो भने मुलुक फेरी अर्को द्वन्द्वतर्फ उन्मूख हुने बताउनुभयो ।
उहाँले संविधान नबनेमा आफुहरु शान्तिपुर्ण जनआन्दोलनमा जाने उद्घोष गर्दै पार्टी आवश्यकता परेमा भुमिगत समेत हुन सक्ने विचार व्यक्त गर्नभुयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने बताउँदै काँग्रेस, एमाले र एमाओवादीले नेपाली जनतालाई भ्रममा मात्र पार्ने कार्य गरिरहेको आरोप लगाउनुभयो । उहाँँ माघ ८ मा संविधानको मस्यौदा मात्र आउन सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले वर्तमान सरकारले अग्रगामी संविधान मात्र ल्याउन सक्ने बताउँदै नेपाली जनताले चाहेको संविधान माघ ८ मा बन्न नसक्ने भएकाले संविधान सभा विघटन हुनुपर्नेमा जोड दिदै सर्वपक्षिय राजनीतिक सभाबाट मात्र जनताको पक्षमा संविधान बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
उपाध्यक्ष गजुरेलले संयुक्त राष्ट्र सरकार बन्नुपर्नेमा जोड दिदै माघ ८ मा नेपाली जनताको पक्षमा संविधान नआए मुलुकमा ठुलो द्धन्द हुने तथा त्यसको नेतृत्व आफनो पार्टीले गर्ने उद्घोष समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले माओवादी पार्टी अहिले पनि विभाजन नभई एकतावद्ध भईरहेको बताउँदै विप्पललाई पनि पार्टी विभाजन नहुन आग्रह समेत गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ