News Category 2071/08/22
जल उपभोक्ता समन्वय समितिमा विवाद एक मनोनित एक निर्वाचित अध्यक्ष भएको दाबी
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
कोशी पम्प नहर जल उपभोक्ता समन्वय समिति राजविराजमा हरेक वर्ष जस्तै यो वर्ष पनि आन्दोलन, अनसन र विवाद भएको छ ।
सोही क्रममा एक पक्षले आफू निर्वाचित त अर्को पक्षले आफू निर्विरोध भएको दाबी गरेको छ । एक पक्षले राजविराजमा साधारण सभा गरि समिति पुर्नगठन गरेको छ भने अर्को पक्षले सप्तरीको मलेकपुर गाविसस्थित खुरहुरियामा निर्वाचन प्रक्रिया गरि निर्वाचित भएको दाबी गरेको छ ।
एक पक्षको उपभोक्ता समन्वय समितिको अध्यक्ष सुरेन्द्र यादव निर्वाचित भएको दाबी गरेका छन भने अर्को पक्षका भगवति प्रसाद यादवले आफू निर्विरोध भएको दाबी गरेका छन् ।
सुरेन्द्र यादवल पक्षधरको उपाध्यक्षमा टेकनारायण यादव निर्वाचित भएको जनाइएको छ भने सचिवमा यसअघि नै किसन यादव, सह सचिवमा गणेशकुमार चौधरी, कोषाध्यक्षमा लिलाम्बर यादव तथा सदस्यहरुमा मेदनी प्रसाद साह, ध्रुब देव र पानो देवी राम सर्वसम्मत भइसकेको दाबी गरेको छ ।
यसैगरि भगवती यादवको पक्षधरमा उपाध्यक्ष रामदेव यादव, सचिवमा देव किसुन यादव, सहसचिवमा महानन्द प्रसाद यादव, कोषाध्यक्षमा श्रीमती अंजु यादव तथा सदस्यहरुमा भन्नालाल यादव, महेन नारायण यादव र पुनम कुमारी यादव रहेको पुर्नगठन समिति संयोजक गंगाराम यादवद्वारा आइतबार जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ