News Category 2071/08/22
सर्वोच्च अदालतको सेवालाई छिटो छरितो पार्न अनलाईन र एसएमएस सेवा सुरु
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
सर्वोच्च अदालतले अबदेखि न्यायिक कार्यलाई छिटो छरितो एवं सहज र प्रभावकारी बनाउन सुचना प्रविधिको प्रयोग गरी अनलाईन र एसएमएस सेवा सुरु गरेको छ ।
सर्वोच्च अदालतले अनलाईन तारिख तथा तामेली व्यवस्थापन सेवा र साउट म्यासेज सर्भिस अर्थात एसएमएस सेवा सुचारु गरिएको हो ।
सर्वोच्च अदालतका सचिव चानकमणि आर्यालले विभिन्न जिल्ला अदालतबाट मुद्दा शुरु भई सर्वोच्च अदालतसम्म आईपुग्दा मुद्दाका पक्षहरुले तारिख लिन सर्वोच्च अदालत नै धाउनुपर्ने समस्या, सर्वोच्च अदालतमा मुद्दा दर्ता भए पश्चात् विपक्षीहरुलाई म्याद तामेल गर्न सम्बन्धित जिल्ला अदालतमा पुरानै शैलीमा चिठी पत्र पठाउदा समय लाग्ने र जिल्ला अदालतबाट म्याद तामेल भई सर्वोच्च अदालतसम्म आईपुग्दा अत्याधिक समय लाग्ने हुदाँ सुचना प्रविधिको प्रयोग गरी अनलाईन तारिख प्रणाली र अनलाईन म्याद तामेली प्रणालीहरुको सप्टवेयर निमार्ण भएको बताउँनुभयो ।
त्यस्तै एसएमएसको माध्यमबाट मुद्दाका पक्षहरु वा बारेसलाई मुद्दा तथा रिट दर्ता भएपश्चात् सो मुद्दा तथा रिटको दर्ता मिति र दर्ता नम्बर उपलब्ध गराउने, पेशी मिति जानकारी गराउने र मुद्दा तथा रिटको अन्तिम किनारा फैसला अथवा आदेश वा अन्तिम आदेश लगायतको विवरणहरुको जानकारी गराउने व्यवस्था मिलाइएको छ भने मुद्दा तथा रिटका पक्षहरुले दर्ता नम्बरको आधारबाट आप्mनो मुद्दाको अवस्था बुभ्mन चाहेमा मुद्दा दर्ता मिति पेशी मिति, मुद्दा किनारा लाग्दाको विवरणहरु प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यो प्रणाली पहिलो चरणमा सर्वोच्च अदालतबाट संचालन गर्ने गरी प्रवन्ध मिलाइएको हुदाँ सबै मुद्दाका तथा रिटका पक्ष तथा बारेसहरुले यस अदालतको मुद्दा फाँट र रिट फाँटमा समपर्क गरी सेवागा्रहीहरुले आफनो मोवाईल नम्बर र ईमेल ठेगाना उपलब्ध गराईदिनुहुन अनुरोध समेत गरेको छ ।
यसका साथै सर्वोच्च अदालतमा मुद्दा अथवा रिट दर्ता हुनासाथ दर्ता भएको जानकारी, पेशीमा चढेको मुद्दामा पेशीमा चढाउना साथ पेशी मिति र पेशीका दिन इजलासबाट आदेश वा फैसला भएको छोटकरी व्यहोरा पक्षहरुले उपलब्ध गराएको मोवाईल नम्बरमा स्वत व्यवस्था मिलाइएको छ भने अदालतमा दर्ता भएका मुद्दा तथा रिट निवेदनमा मुद्दाका पक्षहरुले मुद्दाको स्थिति अर्थात मुद्दाको पेशी, साधारण तारिख, फैसला वा आदेशको जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ