News Category 2071/08/25
तीन सय भन्दा बढी पशु चौपायामा खोरैत रोग देखाप¥यो
शुभ नारायण यादव
राजविराज, २४ मंसिर ।
सप्तरीको उत्तरी भेगका पाँच गाविसमा करिब तीन सय भन्दा बढी पशु चौपायामा देखिएको खोरैत अर्थात बजहा रोगका कारण त्यहाँका किसानहरु चिन्तित बनेका छन ।
विगत दुई सातादेखि जिल्लाको जण्डौल, सितापुर, प्रसवनी, बकधुवा र हरिहरपुर गाविसका तीन सय भन्दा बढी गाई, भैसी, बाख्रा, बाछा, बाछीहरुमा सो रोगको प्रकोप देखा परेको स्थानीय किसानहरुले बताएका छन् ।
खोरैत रोग लागेपछि त्यस गाविसका पशु चौपायाहरुमा ज्वरो आउँने, घाँस खान छोड्ने, सुस्त हुने, मुख, जिव्रो र गिजामा घाउ हुने र खुट्टाको बिच खुरमा घाउँ हुने जस्ता लक्षणहरु देखिएको जण्डौल गाविस ८ का किसान अशोक चौधरीले जानकारी दिनुभयो ।
खोरैत रोगको लक्षण देखिएपछि पशु चौपायाहरुमा दुध उत्पादनमा कमि आउँनुका साथै खेतिपाती गर्नमा समस्या उत्पन्न भएको बकधुवा गाविसका अर्का किसान शेखर यादवले बताउनुभयो । सप्तरीसहित तराईका जिल्लाहरुमा एकाएक बढेको चिसो र शितलहरका कारण त्यस भेगका किसानहरुले पालेको पशु चौपायामा सो रोगको लक्षण देखापरेपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।
यसैबिच सो रोग सम्बन्धमा जिल्ला पशु सेवा कार्यालय सप्तरीका बरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवले एफएओद्वारा संचालित खोरैत अर्थात बजहा रोगको अध्ययनका लागि अष्ट्रेलिया, न्युजील्यान्ड, इङ्गल्याण्डबाट डाक्टरहरुको एक टोली आएर प्रभावित गाविसहरुमा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
डा. यादवले रोगको रोकथामका लागि जिल्ला पशु सेवा कार्यालयको प्राविधिकको एक टोली खौरेत रोगको भ्याक्सिनसहित प्रभावित गाविसहरुमा पठाइएको तथा रोगको नियन्त्रण कार्य भईरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ