News Category 2071/08/25
तीन सय भन्दा बढी पशु चौपायामा खोरैत रोग देखाप¥यो
शुभ नारायण यादव
राजविराज, २४ मंसिर ।
सप्तरीको उत्तरी भेगका पाँच गाविसमा करिब तीन सय भन्दा बढी पशु चौपायामा देखिएको खोरैत अर्थात बजहा रोगका कारण त्यहाँका किसानहरु चिन्तित बनेका छन ।
विगत दुई सातादेखि जिल्लाको जण्डौल, सितापुर, प्रसवनी, बकधुवा र हरिहरपुर गाविसका तीन सय भन्दा बढी गाई, भैसी, बाख्रा, बाछा, बाछीहरुमा सो रोगको प्रकोप देखा परेको स्थानीय किसानहरुले बताएका छन् ।
खोरैत रोग लागेपछि त्यस गाविसका पशु चौपायाहरुमा ज्वरो आउँने, घाँस खान छोड्ने, सुस्त हुने, मुख, जिव्रो र गिजामा घाउ हुने र खुट्टाको बिच खुरमा घाउँ हुने जस्ता लक्षणहरु देखिएको जण्डौल गाविस ८ का किसान अशोक चौधरीले जानकारी दिनुभयो ।
खोरैत रोगको लक्षण देखिएपछि पशु चौपायाहरुमा दुध उत्पादनमा कमि आउँनुका साथै खेतिपाती गर्नमा समस्या उत्पन्न भएको बकधुवा गाविसका अर्का किसान शेखर यादवले बताउनुभयो । सप्तरीसहित तराईका जिल्लाहरुमा एकाएक बढेको चिसो र शितलहरका कारण त्यस भेगका किसानहरुले पालेको पशु चौपायामा सो रोगको लक्षण देखापरेपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।
यसैबिच सो रोग सम्बन्धमा जिल्ला पशु सेवा कार्यालय सप्तरीका बरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवले एफएओद्वारा संचालित खोरैत अर्थात बजहा रोगको अध्ययनका लागि अष्ट्रेलिया, न्युजील्यान्ड, इङ्गल्याण्डबाट डाक्टरहरुको एक टोली आएर प्रभावित गाविसहरुमा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
डा. यादवले रोगको रोकथामका लागि जिल्ला पशु सेवा कार्यालयको प्राविधिकको एक टोली खौरेत रोगको भ्याक्सिनसहित प्रभावित गाविसहरुमा पठाइएको तथा रोगको नियन्त्रण कार्य भईरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ