News Category 2071/08/25
खेलकुद अध्यक्ष गुप्ताको अन्त्यष्टि खेलकुदद्वारा दुःख व्यक्त
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको बुधबार अन्त्यष्टि गरिएको छ ।
गुप्ताको शवमा बुधबार नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो । सो अवसरमा पार्टीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।
यसैबिच सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले विज्ञप्ती प्रकाशन गरी अध्यक्ष गुप्ताको निधनप्रति शोक ब्यक्त गर्नुभएको छ । हस्ताक्षरित विज्ञप्तीमा स्व. गुप्ता जिल्ला खेलकुद विकास विस्तार गर्ने कार्यमा निकै सक्रिय भुमिका निर्वाह गर्नुभएको जनाउँदै उहाँको निधनले खेलकुद क्षेत्रमा अपुर्णिय क्षति भएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरिएको छ ।
त्यसैगरी जिल्ला जुडो संघका अध्यक्ष नवनित झाले विज्ञप्ती जारी गर्दै गुप्ताको निधनले जिल्लाको खेलकुदको विकासमा अपुर्णिय क्षति भएको भन्दै शोकाकुल परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ ।
५२ वर्षिय अध्यक्ष गुप्ताको सप्तरीको राजविराज नगरपालिका ८ स्थित आफ्नै निवासमा मंगलबार दिउँसो हृदयघातबाट निधन भएको थियो ।
स्व. गुप्ता विगत पाँच वर्षदेखी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष पदमा रहेर काम गरिरहनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ