News Category 2071/09/21
फेला परेको बालबालिकाको शव पहिचान, आमा वेपत्ता
दैनिक संवाददाता
राजविराज, २० पुस ।
सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा शनिबार फेला परेको तीन जना बालबालिकाको शवको पहिचान भएको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षक उमेश लाम्छारले सप्तरीको तेरहौता गाविस ३ निवासी अशोक सदाको तीनै जना छोराछोरीहरुको शव रहेको जानकारी दिनुभएको छ ।
प्रहरी निरिक्षक लाम्छारका अनुसार अशोककी श्रीमती कुरी सदाले ६ वर्षीय छोरा संतोष, ३ वर्षीया छोरी संतोषी र ६ महिने छोरी छोटकीलाई लिएर शुक्रबार बैरवा गाविस ३ स्थित माईतीबाट आफ्नो घर तेरहौता फर्कने क्रममा शनिबार तीनै छोराछोरीको शव पोखरीमा फेला परेको जानकारी दिनुभयो ।
सो स्थानमा एक थान बिषादीको बोतल, चप्पल, साडी लगायत फेला परेको प्रहरीले जनाएको छ । तर, कुरी सदा हालसम्म वेपत्ता रहेको जानकारी दिदै प्रहरीले पति अशोक कामको सिलसिलामा काठमाण्डौमा रहेका जनाएको छ ।
यसैबीच प्रहरीले मृतकका तीन जना आफन्तलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । ती बालबालिकाको शव बुझ्न कोही नआएपछि पोष्टमार्टम पश्चात् राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा रहेको छ । यता वेपत्ता रहेकी कुरीको खोजी कार्य तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ