News Category 2081/02/05
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
राजविराज÷डिभिजन वन कार्यालय सप्तरीले लाखौं नयाँ बिरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन विस्तार र संरक्षणका लागि आवश्यक कदम चालेको छ ।
डिभिजन वन कार्यालय सप्तरीले चालु आ.ब.मा ३ लाख ६० हजार विभिन्न जातका विरुवाहरु उत्पादन गरेर निशुल्क रुपमा बितरण गर्ने तयारीमा रहेको छ ।
वन व्यवस्थापन, संरक्षण र आर्थिक उपार्जनका विभिन्न गतिविधिमा जोड दिदै विभिन्न प्रजातिका बोटविरुवा र जडीबुटि उत्पादनदेखि उधमशिल विकासमा समेत वन कार्यालय सक्रिय देखिएको छ । वर्षेनी वनजंगल क्षेत्र कम हुँदै गएको बेला वन कार्यालयले चलाएको अभियान र तयार पारेको कार्ययोजनाले जिल्लामा वन क्षेत्रको विकास, बिस्तार र संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।
जिल्लाको सवडिभिजन वन कार्यालय कंचनपुरमा वन नर्सरी स्थापना गरि विविध जातजातिका विरुवा उपलब्ध गराइरहेको छ । यस्तै वन कार्यालयले चुरेफेदीमा रहेको सुरुङ्गा नगरपालिका ६ स्थित सेताीदेवी सामुदायिक वनका साथै रुपनी गाउँपालिका ६ तेरहौतामा खाँडो खोला नदी उकास जग्गा र कंचनरुप नगरपालिका ४ पौडा खोला वन क्षेत्रमा बृक्षारोपन, अतिक्रमित वन क्षेत्र खाली र तारले घेरवार लगायतका काम गरी वन क्षेत्रको विकास र संरक्षण कार्यलाई तिब्र बनाएको छ ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले सामुदायिक वनहरुलाई उत्पादनसँगै जोड्ने एकिकृत योजना तयार गरेर अघि बढेको जानकारी दिए ।
उनले चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपन, जिविकोपार्जनका लागि बैकल्पिक कार्यक्रम र सामाजिक शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सेतीदेवी सामुदायिक वनमा चालु आ.ब.मा विभिन्न प्रजातिका करिब ३ लाख विरुवा रोप्ने लक्ष्य रहेको बताए ।
उनले सो वन क्षेत्रमा ९ हेक्टर अतिक्रमित जग्गा खाली गराई नयाँ वन क्षेत्र कायम गरिएको तथा ३३ हेक्टमा वन बिस्तार गरी सो वनमा खइर, मसला, महगनी, अमला, गोल्डमोहर, सालधारी लगायत विरुवाको उत्पादन भइरहेको जानकारी समेत दिए ।
उनले चालु आ.ब. २०८०÷८१ को हालसम्मको अवधीमा सेतीदेवी सामुदायिक वनको १० हेक्टर जग्गामा झाँडी सफाईको काम सकिएको र आगो डढेलोबाट वन जंगल जोगाउन सचेतनाका विभिन्न कार्यक्रम संचालन रहेको जानकार िदिए । उनले वन जोगाउन झाँडी सफाईका लागि चुरे उत्थानशिल आयोजना बर्दीवासबाट प्राप्त बजेटले उपभोक्ता समिति मार्फत काम भइरहेको बताए ।
यस्तै रुपनी गाउँपालिका ६ तेरहौतामा खाँडो खोला नदीले उकासेको १० हेक्टर जग्गामा खइर, मसला, जामुन, इपिलिपि, बाँस, तेजपात लगायत विभिन्न प्रजातिका २१ हजार बिरुवा रोपिएको सहायक वन अधिकृत शशिन्द्र यादवले जानकारी दिए ।
यता सवडिभिजन कार्यालय कंचनपुर कार्यालय परिसरमा रहेको वन नर्सरीमा चालु आ.ब. २०८०÷८१ मा किट, महगनी, गोल्डमोहर, तेजपात, बोतलवर्ष, आँप, लिचि, बेल, हर्रो लगायतका ९० हजार बोटविरुवा खेती गरेर स्थानीयवासीलाई उत्पादन र आम्दानीसँग जोड्ने काम भएको सो कार्यालयका प्रमुख सन्तोष यादवले जानकारी दिए ।
ती क्षेत्रको अनुगमन तथा निरिक्षण टोलीमा सहायक वन अधिकृत, सत्यनारायण यादव, बैधनाथ मण्डल, रेन्जर लक्ष्मण साफी, अमृत पोखरेल, फोरेष्टर पंकज मिश्र, लेखाअधिृकत चन्दन रजक तथा पत्रकार महासंघका सभापति श्रवण देवसहित विभिन्न संचार माध्यामका डेढ दर्जन भन्दाबढी संचारकर्मीसमेत सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ