राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित
2079/02/05
स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३, लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ । प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो भने माओवादी केन्द्रले वडा नं ७, ८ र १० मा निर्वाचित भएको छ । यसैगरि लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।....
विस्तृत