आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन,  लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष  2083/02/23  दुई साता भन्दा बढी समयदेखी लालपुर्जा माग्दै आन्दोलनरत राजविराज नगरवासीलाई संघीय सरकारका दुई मन्त्रीले माग सम्बोधन गर्ने भनी आश्वस्त पार्ने प्रयास गरेका छन् । संघीय सरकारका पुर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्दोलित नगरवासीलाई आश्वस्त पार्ने प्रयास गरेका हुन् ।      पुर्वाधार विकास मन्त्री सुनिल लम्साल राजविराज नगरपालिका कार्यालय प्राङ्गणमा चलिरहेको नगरवासीको धर्ना कार्यक्रम स्थलमै शनिवार पुगेर तथा श्रम रोजगार मन्त्री यादवले फोन सम्बाद मार्फत आन्दोलनकारीको जायज माग सम्बोधन हुने भनी आश्वस्त पार्ने प्रयास गरे ।.... विस्तृत
आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा 2083/02/22 लालपुर्जाको माग गर्दै दुई साता भन्दा बढी समयदेखी राजविराज नगरवासी आन्दोलित छन् । लालपुर्जा पाउने आशमा झण्डै ७० वर्ष देखी संघर्षरत नगरवासीले कतै कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउदै लगेका हुन । यसै क्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितीको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा धर्ना दिएको १९ दिन तथा तालाबन्दी गरेको शुक्रवार ५ दिन पुगेको छ । उनीहरुले आफुहरुको माग सम्बोधन न भए सम्म तालाबन्दी र धर्ना जारी राख्ने अडान लिएका छन । .... विस्तृत
नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी 2083/02/18 विगत ९ दिनदेखी राजविराज नगरपालिका कार्यालभित्र रिले अनशनमा बसेका नगरवासीले सोमबार नगरमा प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।  राजविराजको मुख्य बजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखीपाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि खोसिदा नगरवासी समस्यामा परेका छन् ।... विस्तृत

 

ताजा अपडेट