rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  • उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
  • पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
  • अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
  
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद 2082/08/08  सहुलियत दरको रसायनिक मल कालोबजारी गर्न भण्डारण गरि राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।  नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नका लागि भण्डारण गरि राखिएको अवस्थामा १ सय ३८ बोरा रसायनिक मल सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका ९ ईनर्वा चौकस्थित धमेन्द्र जैनको पुरानो राइस मिलको गोदामबाट प्रहरीले बरामद गरेको हो ।  .... विस्तृत
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ 2082/08/07 जेनजी आन्दोलनका क्रममा गत भदौं २५ गते कारागार कार्यालय सप्तरीबाट फरार एक कैदी पक्राउ परेका छन ।  जबरजस्तीकरणी मुद्दामा जेल जीवन विताईरहेको सप्तरीको बोदेर्बसाईन नगरपालिका १ महनौरी टोलका ३५ वर्षिय कामेश्वर मण्डल पक्राउ परेका हुन । .... विस्तृत
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ 2082/08/05  ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित सप्तरी प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।  बिहीबार राति १०ः३० बजेको समयमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियाबाट प्रहरीले ९ सय ७८ किलो गाँजासहित ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।.... विस्तृत
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन 2082/08/05 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । .... विस्तृत
युटुवर बिक्कि सिंह पक्राउ 2082/08/05 जिल्ला प्रहरी कार्यालय सप्तरीले युटुबर बिक्कि सिंह भन्ने प्रहलाद सिंहलाई पक्राउ गरेको छ ।  सप्तरीको तिलाठी कोइलाडी ४ घर भई हाल राजविराज ३ बस्ने ३० वर्षिय विक्की सिंहलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा बुधबार राजविराज २ बाट पक्राउ गरेको जनाएको छ । .... विस्तृत
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला 2082/08/03 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारकी एक महिला पर्याप्त दाइजो नल्याएको भन्दै ससुराली पक्षबाट प्रताडित भएकी छिन । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन । विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।.... विस्तृत
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी 2082/08/03  राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा बुधवार पुनः तालाबन्दी गरिएको छ । तीन दिन अघि जेनजी समुहले लगाइएको ताल्चा अघिल्लो दिन मंगलवार स्थानीय प्रशासनको पहलमा फुटाइए पछी विरोधमा उत्रेका जेनजी समुहका युवाहरुले पुनः तालाबन्दी गरेका हुन ।  स्थानीय प्रशासनले ताला फुटाएको विरोधमा प्रर्दशनमा उत्रेका जेनजी समुहका युवाहरुले बुधवार कार्यालय खुल्नासाथ पुनः तालाबन्दी गरेका हुन । .... विस्तृत
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ 2082/08/02  रसायनिक मल कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले एक सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ ।  जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ बर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन्‌ ।.... विस्तृत
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन 2082/08/02  राजविराजस्थित खानेपानी संस्थान कार्यालयमा दुई दिन अघि जेनजी समुहले लगाएको ताला स्थानीय प्रशासनले मंगलवार फुटाई दिएका छन ।  तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको देखेपछी जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ताला फुटाइएको हो । .... विस्तृत
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित  2082/08/01  राजविराज वडा नं. २ स्थित लिटील फ्लावर सेकेन्ड्री स्कुलमा कक्षा ८ मा अध्यनरत १२ वर्षिया प्रतिक्षा देव गत असोज २४ गते विहान ५ बजे देखी सम्र्पक विहीन छन ।  घरबाट निस्केको १२ औं दिन सम्म पनि नफर्कीपछि राजविराज नगरपालिका वडा नं. ११ फर्सेठ घर भएकी उनका परिवारजन चिन्तामा डुबेका छन् । ..... विस्तृत
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना 2082/07/30 राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा उद्योगि, व्यापारी तथा निर्माण व्यावसायीहरुले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् । .... विस्तृत
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने माग राख्दै राजविराजस्थित खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरिएको छ ।   आइतबार उक्त कार्यालयमा जेनजी समूहका अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा पुगेको टोलीले तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कार्यालयको दैनिक कामकाज प्रभावित बनेको छ ।... विस्तृत
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन 2082/07/29  नेकपा एमाले सप्तरीले शनिबार राजविराजमा मोटरसाइकल ¥यालीसहित शक्ति प्रदर्शन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि पहिलोपटक राजविराजमा ¥याली र शक्ति प्रदर्शन गरेको हो । .... विस्तृत
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित 2082/07/28 सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित जनता माध्यामीक विद्यालय खुरहुरियाका निमित्त प्रधानाध्यापक लामो समयदेखि अनुपस्थित हुँदा विद्यालयको पठनपाठन तथा प्रशासनिक काम समेत प्रभावित भएको छ ।  विद्यालयका निमित्त प्रधानाध्यापक अशोक कुमार यादव चार महिनादेखि विद्यालयमा अनुपस्थित हुदा विद्यालयको पठनपाठनदेखि अन्य दैनिक कामकाज र व्यवस्थापनमा समेत प्रभावित भएको हो ।  .... विस्तृत
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश 2082/07/28  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।   जेनजी आन्दोलनका क्रममा अदालतमा भएको क्षति अवलोकनका क्रममा शुक्रबार राजविराज आइपुगेका प्रधानन्यायाधिश राउतले यस्तो बताएका हुन् ।.... विस्तृत
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो 2082/07/28  सरकारले नेपालभरि ३८ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछी राजविराजस्थित करदाता सेवा कार्यालय नसार्न हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ ।  शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो । .... विस्तृत

 

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • ...
  • 576

ताजा अपडेट

  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  • 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
  • 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
  • 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.