औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै 2082/01/12  रुपनी गाउँपालिका वडा नं. ५ स्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा यही बैशाख २१ गतेदेखि श्री सीताराम नाम १०८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायक्षको आयोजना हुने भएको छ ।  शुक्रवार महायज्ञस्थल मै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता हुने जनाएको छ । १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए । .... विस्तृत
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा 2082/01/09  लालपूर्जा पाउनु पर्ने माग गर्दै प्रथम चरणमा बजार बन्द र विरोध प्रर्दशनका कार्यक्रम सम्पन्न गरेका राजविराज नगरवासी पीडित संघर्ष समितीले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  मंगलवार राजविराजस्थित गजेन्द्र चौकमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्ष समितीका संयोजक इरसाद अन्सारीले माग पुरा गराउन थप दबाव दिने उद्देश्यले बैशाख १८ गते नगर क्षेत्रको सबै घर र पसलमा कालो झण्डा झुण्ड्याइने, बैशाख १९ गते गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर संकलन अभियान, बैशाख २१ गते नापी कार्यालयमा कामकाज ठप्प पार्ने गरी धर्ना र बैशाख २२ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् । .... विस्तृत

 

ताजा अपडेट