चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न  खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी 2082/10/22 प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र भइरहेको गुनासो पोखेका छन् ।  बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् । ..... विस्तृत
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण 2082/10/14 नेपालकै पहिलो चन्द्रनहर सिंचाई प्रणालीको जापान सरकारको सहयोगमा मरमत सम्भार तथा सिंचाई सुविधाको पुनस्र्थापना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।  कोशी पम्प चन्द्रनहर सिंचाई ब्यवस्थापन कार्यालय राजविराजले चन्द्रनहर किनारस्थित सप्तकोशी नगरपालिका १० भगिनी मलेठमा बुधबार आयोजना गरेको “पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना हस्तान्तरण समारोह” मा जापानका राजदुत सिन्तो एसबारुले नेपाल सरकारका उर्जा जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजातहरु हस्तान्तरण गरेका हुन् ।.... विस्तृत
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा 2082/10/13 सप्तरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा तीन पार्टीका केन्द्रिय अध्यक्षसहित १ सय २ जना ल स्उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यसमा एक जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र लगातार तिन पटक प्रनिधिसभा सांसद रहिसकेका सम्म चौथो पटक जित निकाल्न चुनावी रणभुमीमा होमिएका छन् ।  .... विस्तृत

 

ताजा अपडेट