हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक  2081/06/11  जिउँदो मानव लागि संसार भरिमा कुनै पनि ठाउँको जग्गा प्राप्त गर्न सम्भव रहेपनि मृत्युपछि त्यही मानवलाई अन्तिम संस्कार गर्न थोरै जग्गा उपलब्ध नहुनु कति पीडादायी होला ? यस बारेमा मानविय सम्वेदना भएको जोसुकैले गम्भिर भएर सोच्दा पक्कै पनि पीडाको अनुभूति हुन्छ नै । यस्तै पीडादायी घट्ना भएको छ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा । बिहीबार राजविराज २ निवासी १ सय १२ वर्षिया जिल्लाकै सम्भवतः ज्येष्ठ नागरिक मानिएकी महमाया देवी झाको निधन भएपछि अन्त्येष्टिका लागि हनुमाननगर कंकालिनी नगरपालिका १२ कोशी किनारस्थित कोशी घाट लगिएको थियो । तर, त्यहाँ अन्तिम संस्कार गर्न दिईएन् । वडाध्यक्षको आदेश भन्दै स्थानीय व्यक्तिहरुले शवको अन्तिम संस्कार गर्न रोक लगाए ।... विस्तृत
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह 2081/06/08  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मधेसमा भइरहेको दाइजो प्रथा र बालबिवाह सम्बन्धि बिकृतिहरुलाई न्युनिकरण गरि हटाउनुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेन, सबल नेपाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार राजविराजमा आयोजना गरेको बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि बालसंरक्षण संयन्त्रहरु, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकाय तथा संघसंस्थाहरुको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् । ..... विस्तृत

 

ताजा अपडेट