हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड 2082/06/23 विघटित प्रतिनिधिसभाका सदस्य एवं कानुनविद्ध रंजु कुमारी ठाकुरले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।  महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएका विदेह फाउण्डेशनको समन्वय, महिला कानुन विकास मञ्चको सहयोग तथा राजविराज नगरपालिकाको आयोजनामा बिहीबार यहाँ आयोजित महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् । .... विस्तृत
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड 2082/06/14  नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै नवरात्रको आठौँ दिन मंगलबार सप्तरीका विभिन्न धार्मिकस्थलमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।  छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । यस स्थलमा पूजाअर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको यस मन्दिरमा श्रद्धालुको भीड बाक्लिँदै गएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।.... विस्तृत

 

ताजा अपडेट