सप्तरी का“ग्रेसबाट सिंचाई मन्त्री र भारतीय राजदुतलाई जिल्लाको समस्या बारे ध्यानाकर्षण 2071/04/26 दैनिक संवाददाता राजविराज, २५ साउन । नेपाली काँग्रेस सप्तरीले जिल्लामा खडेरी परेको हुँदा खुख्खा क्षेत्र घोषााको माग गर्दै सिंचाई मन्त्रि एन.पी साउद तथा भारतीय राजदुत रन्जित रावसमक्ष जिल्लाको सिंचाई तथा अन्य योजनाहरु बारे ११ बुँदे माग अघि सार्दै ध्यानाकर्षण गराएको छ । सिंचाई मन्त्रि एन.पी साउद तथा भारतीय राजदुत रन्जित राव सोमबार कोशी नदी एवं सप्तरीका सिंचाई योजनाहरुको स्थलगत निरिक्षणका लागि आउन लागेको पूर्वसन्ध्यामा सप्तरी काँग्रेसका सभापति दिनेश कुमार यादवद्वारा आईतबार एक प्रेस विज्ञप्तिमा सो माग अघि सार्दै ध्यानाकर्षण गराइएको हो ।... विस्तृत