म्यानमारका हजारौं महिलालाई चीनमा विवाह गर्न दबाब 2075/08/22 बैङ्कक÷म्यानमारका सहाराविहीन हजारौँ महिलालाई चीनमा बेचविखन गर्न र विवाह गर्न दबाब दिने गरेको पाइएको छ ।      म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरूलाई चीनतर्फ लैजाने गरेको तथ्यसहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।     द्वन्द्वको फाइदा उठाउँदै म्यानमारका सहाराविहीन महिलालाई सीमा क्षेत्रमा दुरूपयोग हुने गरेको पाइएको हो ।       चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरूलाई चिनियाँहरूले विवाह गर्ने गरेको अध्ययनकर्ताहरूले बताएका छन् ।  चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ ।  .... विस्तृत
विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु 2075/08/18  बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा ढाकास्थित होले आर्टिसान बेकरीमा पाँचजना लडाकूले बन्धक बनाएर गरेको आक्रमणबाट जापान, इटाली र भारतका १७ जनाको मृत्यु भएको थियो । करिब १२ घण्टासम्मको प्रयत्नपश्चात बन्धक बनाउने व्यक्ति बंगलादेशी सुरक्षाफौजका कमान्डोको कारबाहीमा मारिएका थिए । उक्त कारबाहीका क्रममा दुइजना सुरक्षाकर्मीसमेत मारिएका थिए ।     एकजना प्रहरी अधिकारी रिपोन कुमार दासको बयानका आधारमा मुद्दाको सुनुवाई हुँदैछ । रिपोन र अरु प्रहरी अधिकारीले पाँचजना लडाकू युवा क्याफेभित्र छिरेका र खाना खाइरहेका ग्राहकलाई बन्धक बनाएको प्रत्यक्ष देखेको बताएका छन् । शङ्कास्पद ती व्यक्तिमाथि हत्या समेतका विभिन्न आरोपमा मुद्दा चलाइएको छ । यदि अभियोग प्रमाणित भएमा उनीहरुले मृत्युदण्डको समेत सजाय भोग्नुपर्नेछ ।.... विस्तृत
कतारले ओपेकको सदस्यता त्याग्ने 2075/08/18  खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो ।     काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।”     उहाँले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिनुभयो । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।..... विस्तृत
१५ लाख बालबालिकालाई सहयोगको आवश्यकता ः राष्ट्रसङ्घ 2075/08/16  स्वीट्जरल्याण्ड÷मध्य अफ्रिकी गणतन्त्रका दुई तिहाइ बालबालिकालाई आधारभूत मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । गरीब मुलुकको ‘उपेक्षित’ सङ्कट थप खराब अवस्थामा पुगेको चेतावनी दिँदैल्भस् राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय युनिसेफले भनेको छ, “सन् २०१६ मा आधारभूत सहयोगको आवश्यकता रहेका बालबालिका तीन लाख रहेकोमा सन् २०१८ मा यो सङ्ख्या पाँच गुणा बढेर १५ लाख पुगेको छ ।”     मध्य अफ्रिकी गणतन्त्रका लागि संस्थाकी उच्च प्रतिनिधि क्रिस्टिन मुहिघानाले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, “मध्य अफ्रिकाको अवस्था मुलुकको सन् २०१३ को पृथकतावादी द्वन्द्वका समयभन्दा ‘सम्भवत अझ खराब’ बनेको छ ।” सन् २०१३ मा भएको पृथकतावादी मुसलमान विद्रोहीको गठबन्धन समूह सेलेकाले लामो समयदेखि मध्य अफ्रिकाको नेतृत्व गर्दै आउनुभएका क्रिश्चियन नेता फ्रान्स्वाँ बोजिजलाई आन्दोलनको बलमा पदच्यूत गरेको थियो ।..... विस्तृत
पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता  2075/08/14  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गर्नुभएको सम्बोधनको क्रममा उहाँले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गर्नुभएको हो । वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरू पनि शुरु गरेको बताउनुभयो । .... विस्तृत
ासाको यान मङ्गलग्रह नजिक हुँदा वैज्ञानिक उत्साहित 2075/08/10 नासाका वरिष्ट वैज्ञानिक करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।      मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरु आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो ।     यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दाबढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्नसमेत असफल भएका थिए ।.... विस्तृत
भारतीय मन्त्री पाकिस्तान जाने 2075/08/09  सिख समुदायका धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा खोल्ने समारोहमा सहभागी हुनगरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।     भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ ।     पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुश्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ ।      यो नाकाबाट भारतीय सिख समुदायका श्रद्धालु पाकिस्तानमा रहेको सिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन् । यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताउनुभयो ।.... विस्तृत
मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की 2075/08/07 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।      अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ ।      साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको छ । आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताउनु भएको छ ।      मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उहाँले चेतावनी दिनुभएको हो ।..... विस्तृत
क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा 2075/08/06  क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।      क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताउनुभयो । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ ।     यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चारमाध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायीरुपमा कर छुट दिइएको छ । .... विस्तृत
बच्चालाई मोबाइल हेर्नबाट कसरी  सीमित गर्ने ? सोचेजति सहज छैन 2075/08/05    शनिबारको बिहान । दशवर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् ।     “लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो ।”     उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? “सम्भवत,” उनी स्वीकार्छन् ।.... विस्तृत
अफगान तालिबानसँग कतारमा वार्ता 2075/08/03  अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारसँग भन्नुभयो, “मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको छु, ... र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।” “अफगान सरकारले पनि शान्ति चाहेको छ,” उहाँले भन्नुभयो । “तालिबानीले भनिरहेका छन्, उनीहरुको विश्वासमा सैनिक ताकतका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरुको भनाइ छ ।” .... विस्तृत
आँधीका कारण भारतमा ३३ जनाको मृत्यु 2075/08/02 भारतको पूर्वीक्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्वन्धी निकायका उच्च अधिकारीले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।     आँधीले हजारौँ रुख भाँचिएका छन् भने ठूलो संख्यामा घर भत्किएका छन् । घरबारविहिन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ । मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् ।.... विस्तृत
क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता  2075/07/30  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।      खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीले करीब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको जनाएका छन् ।      यसअघि उक्त डढेकोमा परी करीब ३०० जना बेपत्ता भएका बताइएको थियो । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । ..... विस्तृत

 

ताजा अपडेट