आँधी र पहिरोमा परी फिलिपिन्समा १ सय २६ को मृत्यु 2075/09/22  क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सो आँधीपछि आएको बर्षा र बर्षापछि गएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वीक्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वीभिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सय जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधी निकै खराव खालको भएको बताइएको छ । घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ । .... विस्तृत
सन् २०१८ का विश्व चर्चित दश घटना  2075/09/16  वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटना पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमको सूचीमा राजनीतिक घटना नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटना पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस वर्षका मुख्य केही घटनाको यहाँ संक्षेपमा स्मरण गरिएको छ ।  १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प       यस वर्षको सम्भवतःसबैभन्दा ठूलो विनासकारी घटनाको रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले दुई हजार भन्दा बढीको ज्यान लिएको छ भने झण्डै ७०० जना अझै पनि बेपत्ता छन् । सुलावेसीलाई केन्द्रबिन्दु बनाएर आएको यस भूकम्पमा परी एक हजार ७०० घाइते भएका थिए भने लाखौँको भौतिक संरचनामा क्षतिग्रस्त भएका थिए । .... विस्तृत

 

ताजा अपडेट