राष्ट्रपति, उपराष्ट्रपतिको नया“ निर्वाचन हुनुपर्छ ः कमल थापा 2070/08/15 दैनिक संवाददाता काठमाडौँ, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले निर्वाचनपछि पार्टी राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रुपमा स्थापित भएको तथ्यलाई आत्मसात गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई आग्रह गरेको छ । पार्टीले शुक्रबार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले अहिलेको जनादेशअनुसार अतिवादी वैचारिक एजेण्डा र त्यसका सम्वाहक शक्तिलाई कमजोर तुल्याई आफ्नो पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गरेकामा जोड दिँदै पार्टी प्रतिपक्षमा रही संविधानसभा र संसदमा रचनात्मक एवम् सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।... विस्तृत
सप्तरीमा मधेशवादी दलहरुको पकड खस्कियो, एमाओवादी र का“ग्रेस दुई–दुई तथा एमाले एक स्थानमा निर्वाचित 2070/08/09 नवीनकुमार गुप्ता राजविराज÷मधेशवादी दलहरुको पकड मानिएको सप्तरी जिल्लामा यस पटकको संविधान सभा निर्वाचनमा एमाओवादी र काँग्रेसले दुई÷दुई स्थान तथा एमालेले एक स्थानमा आफ्नो बलियो पकड जमाएको छ । २०६४ सालको संविधानसभाको निर्वाचनमा सप्तरीको ६ वटा क्षेत्र मध्ये ५ वटामा मधेशवादी दलहरुले पकड जमाएको थियो । ६ मध्ये ४ क्षेत्रमा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबारहरु निर्वाचित भएका थिए भने एक क्षेत्रमा सद्भावना पार्टी र अर्को क्षेत्रमा स्वतन्त्र उम्मेदबार निर्वाचित भएका थिए । ... विस्तृत

 

ताजा अपडेट