एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै 2079/04/20  सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट एउटै गाउँका दुई राष्ट्रिय अध्यक्ष प्रतिनीधीसभाको निर्वाचनमा भिड्ने चर्चाले अहिले सप्तरीमा चुनावी माहोल तातेको छ ।  २०७४ सालको प्रतिनीधीसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । सोही क्षेत्रबाट आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले पनि उम्मेदवारी दिने भएपछि चुनावी माहोल तातिएको हो । ..... विस्तृत
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ 2079/04/20  सप्तरी जिल्लामा लागु औषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । एक वर्षको अवधीमा लागु औषध कारोबार तथा सेवन गर्ने कसुरमा १ सय ४१ जना पक्राउ परेका छन भने सो कार्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ । ..... विस्तृत
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती 2079/04/17  तीन पुस्ता सुकुम्वासी भएर मधेशमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरुको बालबच्चाहरु उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको बास्तविक पीडालाई नाटकमार्फत प्रस्तुत गरिएको छ । निकै भाभुक तथा सन्देशमूलक नाटकमा एक सुकुम्वासी परिवार विगत तीन पुस्तादेखी मधेशमै नागरिकता बिना बसोवास गरिरहेको तथा छोरा नागरिकता नभएका कारण उच्च शिक्षा हासिल गर्न र छोरी जागिर पाउनबाट बञ्चित भएको दृश्य निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । पढाईमा अब्बल रहेका छोरा चिकित्सा शास्त्र पढ्न नागरिकता नभएकै कारण बञ्चित भएपछि अन्तमा आत्महत्या गर्नुपरेको दृश्यले नाटक हेर्न आएका दर्शकहरुको आँखा रसाएका थिए । .... विस्तृत

 

ताजा अपडेट