संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह 2077/08/28 राजविराज÷प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीय सरकारले जनताको संघर्षबाट प्राप्त संघीयता समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।  सप्तरी जिल्ला संसदीय क्षेत्र नम्वर २ का प्रदेश सभा सदस्य साहले राजविराजमा शुक्रवार सम्पर्क कार्यालय उद्घाटन गर्दै सो आरोप लगाएका हुन् ।      उनले संवैधानिक तथा कानूनी अड्चनका कारण प्रदेश सरकारले चाहेर पनि द्रूत गतिमा काम गर्न नसकिरहेको बताउँदै हरेक पाइलामा संघर्ष गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको जिकिर गरे । .... विस्तृत
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर 2077/08/22  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिका क्षेत्र भित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारले तत्कालिन कार्यकारी अधिकृतको नाम उल्लेख नगरेपनि श्रोतका अनुसार सो समयमा राजविराज नगरपालिकाका अधिकृतको रुपमा विष्णु गुरुङ रहेका थिए ।  .... विस्तृत

 

ताजा अपडेट