मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता भोलीदेखी 2071/09/22 दैनिक संवाददाता राजविराज, २१ पुस । सप्तरीमा खेलकुद गतिविधी न्यून भइरहको बेला पुस २३ गतेदेखी राजविराजमा मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता सुरु हुने भएको छ । युवा संघ नगर कमिटि राजविराजको आयोजना र सप्तरी क्रिकेट संघको समन्वयमा आयोजित प्रतियोगिताको तयारी बारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल र भारतका १२ वटा टिमहरुको सहभागिता रहने जानकारी दिइएको छ । सो प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने जनाइएको छ । ... विस्तृत

 

ताजा अपडेट