राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ? 2076/11/18  मधेश आन्दोलनको जनादेशले दिएको सन्देशहरुको सम्मानको लागि मधेशी जनताहरुले २ नम्बर प्रदेशको राजपा र समाजवादीको तालमेलमा लडेका निर्वाचन सन्दर्भमा यी दुई पार्टीलाई मधेशी जनतालाई सम्मानजनक मत दिई राष्ट्रिय पार्टीपको दर्जामा अंकित गरेको अवस्था र सन्दर्भ लिएर मधेश आन्दोलनबाट दिशा निर्देश भएका मधेशी पार्टीहरुलाई मधेशी जनताको हितका सवालहरुमा संविधान संशोधन लगायत नागरिकता समस्या लगायतका समस्याहरुको सवालहरुमा गम्भिर भई मधेश र मधेशी जनताको हितको लागि अग्रसर रहन यी दुई पार्टीलाई मधेशी जनताले निर्वाचन तथा मधेश आन्दोलनबाट जनादेश निर्दिश गरिएको छ । .... विस्तृत
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ  2076/11/18  विश्व कोरोना भाइरसबाट त्रसित रहेको अवस्थामा हरेक देशमा स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त तथा सक्रियपनको सन्दर्भमा चनाखो रहेको अवस्थामा कोरोना भाइरसले हाम्रो देशको छिमेकी चीनमा व्यापक उतपाद मचाएको अवस्थामा सरकारी पक्षले स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य संस्थाहरुलाई चुस्तदुरुस्त बनाउनु निर्देशन दिइरहेको सन्दर्भमा स्थानीय निकायका स्वास्थ्य चौकी, स्वास्थ्य उपचौकीहरुमा अहेव, अनमी, हेल्थ अस्सिटेन्ड जस्ता स्वास्थ प्राविधिहरुलाई स्वास्थ्य क्षेत्रमा दरबन्दी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई गाउँपालिका र नगरपालिकाका अन्य कार्यहरुमा लगाउने गरेको पाईन्छ । .... विस्तृत
प्रदेश सरकारको नामाकरण र सहमति 2076/11/06 अमरनाथ मण्डल     प्रदेश २ को नामाकरण मधेश प्रदेश रहने कि अन्य प्रदेशको नामाकरण तय हुने कुरामा अहिले विवाद देखिएको अवस्थामा केही दिनदेखि प्रदेश २ का सरकार लगायत प्रदेश २ मा रहेका पार्टीहरुको आ– आफ्नो अडानमा रहेको सन्दर्भमा अहिले मधेश नाम प्रदेशको हुनु पर्ने तिर बहुमतको अवस्था सिर्जना भएका छन् । प्रदेशको नाम मधेश आन्दोलनको जनादेशको भावना अनुसार रहनु पर्ने आम बुद्धीजिविहरुको तर्क रहेको अवस्थामा मधेश प्रदेश प्रदेशमा मैथिली, भोजपुरी, अवधि, हिन्दी र नेपाली बोल्ने भाषाभाषीको समीकरणको आधारमा सबभन्दा बढी मैथिली बोल्ने भाषाभाषीको वर्चश्व प्रदेश २ मा रहेको छ । .... विस्तृत
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर 2076/11/05  मधेश र मधेशीे अधिकारको अवधारणा तथा मधेशवादको आवाजलाई दिशा निर्देश गर्ने पार्टीहरु समाजवादी र राजपाका बीचमा केही दिन पहिलेदेखि बढिरहेको कटुलताको कारण मधेशी जनताहरु निराशको वातावरण तिर केन्द्रित रहेको देखिएको अवस्थामा प्रदेश २ मा यी दुई पार्टीको सरकारसमेत संकटमा रहेको चर्चा परिचर्चाले मधेशमा राजनीतिक तरंगको परिवेशबाट गुजर्न बाध्य भएको थियो भने मधेश आन्दोलनले दिएका जनादेशको सिद्धान्त मर्मको भावना विपरीत  नेकपासँग दुवै पार्टीले गरेका सम्झौताहरु कारणले गर्दा तथा सरकारमा सहभागिता भएका कारणले गर्दा मधेशवादको मर्म र सिद्धान्तमाथि यी दुई पार्टी सत्ताको राजनीतिकमा तलिन रहेको सन्देशहरु व्यापक रुपमा चर्चा पाएका थिए । .... विस्तृत
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ  2076/11/04 सप्तरीे जिल्लाको अभिशापको रुपमा वर्षोदेखि बाढी ताण्डव मचाइरहेको अवस्थामा खाँडो नदीको भीम बाँध मर्मत संभार र पुनर्संरचनाको गतिले अहिले सप्तरीका पूर्वी भेगका जनताहरुले राहतको अनुभूति पाइरहेको अनुभव गरिरहेका छन् । प्रत्येक वर्षायाम शुरु हुनु बितिकै वा शुरुको क्रममा त्रासित जीवन बिताउनु त्यस भेगका स्थानीय सर्वसाधारणहरु यसपालि भिम बाँधको निर्माणसँग राहत श्वास लिन थालिएका छन् भने वर्षोदेखि राजनैतिक मुद्दाहरुमा विकाशीय मुद्दाको रुपमा खाँडो नदीको बाढीपिडितहरुको पिडाको सधैं भाषणमा सिमित गरी राजनीति दल र नेताहरुले सक्रियताको खाँचो पर्याप्त रुपमा देखापरेका थिए ।  .... विस्तृत
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो  2076/11/03 अमरनाथ मण्डल     मानव जीवनको महत्वपूर्ण क्षण तथा महत्वपूर्ण सन्दर्भको रुपमा वैवाहिक क्षणलाई मानिन्छ । मानव जीवन र सभ्यता संस्कृतिको परिधिभित्र अह्म भूमिका र सन्दर्भ रहेको वैवाहिक परम्परामा केही विकृतिहरुको कारणले गर्दा समाजमा विभिन्न किसिमका नाकारात्मक सन्देश बोकेका परिणामहरु हाम्रो सामु आउँछ । मानव जीवनको सन्दर्भमा दुई परिवारको बीच आपसी समझदारी, मनमस्तिष्क भावना र सप्रेमको अनुपम मिलन बिन्दुको रुपमा विवाहलाई लिइन्छ । दुई आत्माको बीच, दुई परिवारको बीच हर्षोउल्लास र सोहार्दपूर्ण वातावरणको अनुपम अनुभवको साथ विताउँने क्षणलाई वैवाहिक क्षणलाई मानिसले सधै स्मरण गर्दछ ।  .... विस्तृत
राजपा नेपालका नेताको दिल्ली यात्रा 2076/11/02 मधेश आन्दोलनको जनादेश अनुसार मधेशको हक अधिकार सुनिश्चित गर्ने अभिभारा राजपा र तत्कालिन फोरम पार्टी र हाल समाजवादी पार्टी जिम्मा मधेशी जनताहरु तथा मधेश आन्दोलनले निर्देशित गरेका अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारमा अपार मतको साथ मधेशका जनताले जनमत प्रदान गरेका छन् भने मधेश आन्दोलनका मुल भावना र उद्देश्य संविधान संशोधन लगायत विभेदमा परेका जाति र वर्गहरुको अधिकार प्राप्तिको दिशानिर्देश आन्दोलनले प्रदान गरेको अवस्थामा त्यस अनुरुप सामाजवादी र राजपाको समीकरण मधेशमा मधेशको अधिकारको लागि एकरुपताको साथ अगाडि बढाउनु पर्ने अवधारणाको साथ मधेशी दलहरुलाई मधेशी जनताले जनादेश दिएका थिए ।.... विस्तृत
प्रतिष्ठान र सकारात्मक सन्देशहरु 2076/10/28 रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना प्रक्रियासँगै सप्तरीमा व्यापक चर्चा र परिचर्चा सन्दर्भ चलिरहेको अवस्थामा केही दिन पुर्व प्रतिष्ठानको प्रारम्भिक संरचना निर्माणको लागि गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा कार्यालय समेतको खोलेको तथा जग्गाको समेत व्यवस्था मिलाएको चर्चा परिचर्चा बिच पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पालामा प्रतिष्ठानको कार्यहरु अगाडी बढिरहेकोले हाल आएर प्रतिष्ठान निर्माणको कार्यहरु सेलाई रहेको सन्दर्भमा सप्तरीबासी बीचमा चिन्ता र चर्चा र परिचर्चाको सवालहरु जोडतोरले उठिरहेका थिए । .... विस्तृत
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय 2076/10/19 लैैंगिक समान्ताको परिभाषा अनुसार छोराछोरीको समान हक र अधिकार छोरा जस्तो छोरीको माया गर्नु आमा लगायत समाज तथा देश प्रदेश सबैको अह्म भुुमिका र कर्तव्य रहेको सन्दर्भमा रुढीवादी परम्परा तथा छोरीछोरीको विभेदीकरण नीतिका कारण अहिले अधिकांश महिलाहरु न्यायको अनुभुति प्राप्त गर्न सकिरहेको छैन भने सन्दर्भमा राज्यबाट पनि छोराछोरीको समान अधिकार पाउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गरेको सन्दर्भ देखि समाजमा छोरालाई मात्र पढाउने परिपाटीको विकसित हुँदै गईरहेको सन्दर्भमा केही दिन यता छोरीलाई पनि शिक्षा हासिल गराउनुपर्ने बुवा आमाको कर्तव्य रहेको सन्दर्भमा अहिले छोरीहरु पनि बुवा आमाको आर्शिवादबाट शिक्षा ग्रहणतिर उन्मुख देखिएका छन् ।.... विस्तृत

 

ताजा अपडेट