धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन 2076/09/04 नेपाल कृषि प्रधान देश हो भने वर्षाै देखि हामी विभिन्न पाठ्यक्रमहरुमा पर्दै आईरहेको छ भने विभिन्न राज्य अंगहरुमा कृषिलाई नेपालको प्रमुख आय श्रोतको रुपमा मान्यता पाएको र नेपाल कृषि प्रधान देश भन्ने र चिन्ने गरेको नाराहरु धेरै पहिले देखि सुनिरहेको अवस्थामा कृषकहरुले भोगिरहेको पिडा खेपिरहेको बेदना र आँखाबाट झरिरहेको आँशुलाई पोछ्ने कुनै सरकारले सार्थक सिद्ध नभइरहेको कारणले गर्दा कृषि उत्पादन क्षेत्रमा ठूलो ह्रास देखिरहेको अवस्था छ । नेपालको जनसंख्या मध्ये ९० प्रतिशत कृषिमा आधारित रहेको नेपाली जनता प्राविधिक कारण तथा राज्यको कृषि प्रतिको बेवास्ता नीतिको कारणले गर्दा अहिले कृषकहरु अनैकौ किसिमको बेदना खेप्न परिरहेको छ । .... विस्तृत
राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने 2076/08/24 ऐतिहासिक धरोहर र पहिचान बोकेका हाम्रा राजाजनकका मिथिला नगरी जनकपुरधाममा यस पाली विवाह पञ्चमीको अर्कै रौनक कामधाम, शामधान तथा भारतका प्रयाप्त मात्रामा पर्यटकीय श्रद्धालु भक्तजनहरुको उपस्थितिको संख्या बढ्ने अनुमान गरिरहेका छन् । भारतका अयोध्याबाट ऐतिहासिक रुपमा बरात सजाई अनेक किसिमका लौकिक सामग्रीहरुको साथ विभिन्न भेष भुष लगाई ऋषीमुनीहरु नागरिक  सर्वसाधारण भक्तजनहरु जनकपुरधाम भगवान पुरुषोत्तम राम, माता जानकीको ऐतिहासिक विवाहिक सम्बन्धका धरोहरलाई एक पल्ट फेरि विभिन्न किसिमका पुजाआजा विधि सम्वत् मनाई नाचगान लगायत भजनकिर्तनको साथमा जनकपुर प्रवेश गर्ने भारतका श्रद्धालुहरुको कार्यक्रम रहेको हुनाले यसपालीको जनकपुरको विवाह पञ्चमी ठूलो पर्यटकीय क्षेत्रमा स्थापित हुने अनुमान गरिरहेका छन् । ... विस्तृत
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै  2076/08/24  ऐतिहासिक, सामाजिक, शैक्षिक तथा धार्मिक इतिहास बोकेका सप्तरी जिल्ला विकासीय दृष्टिकोणमा टुहुरो बन्दै गईरहेको छ । राजनैतिक धरातल बोकेका र देशका महान इतिहास आन्दोलनहरुलाई जन्मदाताको रुपमा स्थापित सप्तरीले न त सामाजिक आर्थिक तथा शैक्षिक लगायत अन्य क्षेत्रहरुमा फड्को मार्न असफल भईरहेको जिम्मेवार को हो भने जिम्मेवारी कले लिने सन्दर्भको चर्चा परिचर्चा चलिरहेको अवस्थामा सप्तरीको धरातलबाट मधेश नायक गजेन्द्र नारायण सिंह गणतन्त्र नायक, राम राजा प्रसाद सिंह जस्ता हस्तीहरुो जन भएको जिल्लाहरुमा यति वर्ष देखि नै विकासीय दृष्टिकोणले पिछडिएको किन छ भने सन्दर्भ आफैमा स्पद रहेको छ । .... विस्तृत
राजपा र फोरम एकीकरणको अपरिहार्यता   2075/10/04  हाम्रा पार्टीका सांसद रेशम चौधरलाई पद तथा गोपनियताको सपथ गराएर सरकारले अहिलेसम्मको आफ्नो कार्यकालमा यो काम अल्लि चेत पु¥याएर गरेको जस्तो मलाई लागेको छ । यो कदमलाई हामीले स्वागत गरिसकेका छौं । रेशम चौधरी लोकतन्त्रको विधि र प्रक्रिया अनुसार निर्वाचन क्षेत्रबाट अत्याधिक बहुमतले निर्वाचित लोकप्रिय जनप्रतिनिधि हुन्, तिनीलाई जनप्रतिधि भएको मान्यता दिन सरकारले कन्जुस्याँई गरेको थियो र अहिले आएको त्यो कन्जुस्याँईमा उदारता  देखाएको छ । उनको सपथ ग्रहण गराईएको छ । यसै अनुसार थरूहट र मधेश आन्दोलनको समयमा उनीमाथि लगाईएका सबै मुद्दाहरू नेपाल सरकारले फिर्ता लिनेछ भन्ने हामीले विश्वास लिएका छौं । रेशम चौधरीले न्यायको पहिलो खुड्किलो पार गरेका छन् ।.... विस्तृत
जनकपुरको ऐतिहासिक पक्ष 2075/09/02 जनकपुरधाम प्रथम दृष्टिमा एउटा मिथकीय तीर्थस्थलको रूपमा प्रसिद्ध छ । रामायणकी नायिका र हिन्दुभक्तको निम्ति जगद्जननीको रूपमा आराध्य सीता मिथिलाकी राजकुमारी र राजा शीरध्वजकी छोरी थिइन् । मिथिलाका अन्तिम शासक कराल थिए । कराल जनकको पतन सम्भवतः इसापूर्व नवौँं–दशौँं शताब्दीतिर भएको हो । त्यसपछिको करिब एकहजार वर्षसम्म मिथिलाको इतिहास अन्धकारमा देखिन्छ । बौद्ध जातकहरूमा आर्यावर्तको प्रथम बीसवटा जनपदहरूमा मिथिला र विदेहवंशको चर्चा भएपनि त्यो बज्जिमहासंघ भित्रको एक प्रतिष्ठित तर राजध्वज पतन भैसकेको रूपमा चर्चा गरिएको छ । बौद्ध जातक र अन्य पौराणिक ग्रन्थहरूमा कतै विदेहलाई देश र मिथिलालाई राजधानी र नगर समेत , त कतै मिथिलालाई देशको रूपमा समेत चर्चा गरिएको छ । तर अहिले यस बहसभन्दा भिन्न हामी जनकपुरधामको एतिहासिकतामा केन्द्रित हुनु उचित हुनेछ । .... विस्तृत
स्मरण आइरहने स्व.प्रा.डा.परमेश्वर यादव 2075/08/22    स्मरण आइरहने स्व.प्रा.डा.परमेश्वर यादवको नियुक्ति महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा २०२५ सालमा भयो । उहाँले भारतको बिहार राज्यको विहार विश्वबिद्यालयको लंगट सिंह कलेज, मुजफफरपुरबाट दर्शनशास्त्रमा एम.ए. गर्नु भएको थियो । २०४७ सालमा उप–प्राध्यापकबाट सह–प्राध्यापकमा र २०६३ सालमा सह–प्राध्यापकबाट प्राध्यापकमा उहाँ प्रोन्नत हुनु भयो ।     महेन्द्र विन्देश्वरी कलेज, राजविराजमा उहाँ नियुक्त हुनुभन्दा पूर्व आइ.ए.र बी.ए. दुबै स्तरमा तर्कशास्त्र र दर्शनशास्त्रका सबै पत्रहरुको प्राध्यापन श्री उमेश नारायणले एक्लै गर्नु हुनथ्योे । स्व.डा.यादवले योगदान गर्न प्रारम्भ गर्नु भएपछि श्री उमेश नारायणको कार्य–भार घट्न गयो । दुबै बीच प्राध्यापनको मामिलामा बडो राम्रो ताल–मेल रह्यो ।.... विस्तृत
भिख माग्नेलाई सजाय 2075/08/19  सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गीत गाउन लगाउने गतिविधि गर्न कानूनले बन्देज लगाएको छ । कानून कडा बने पनि भिक्षा माग्ने विरुद्ध अहिलेसम्म उजुरी परेको छैन । कानून कडा बने पनि व्यवस्थापन भएन भने यसलाई रोकन मुश्किल जस्तो छ । आज देखि १५०० वर्ष पहिलानै सन्देष्टा मोहम्मद (स) कहाँ एक जना भीखारी भीख माँग्न आयो त्यसलाई भीख नदिई उसै संग रहेका २ रियाल लीई बन्चरो बनाई दिई जंगलवाट दाउरा ल्याई बेच्न लगानु भयो र भन्नु भयो भीख माँग्नु समाजिक अपराध हो र यसका लागि समाजलाई उत्तरदाई बनाउन जकात भन्ने ढुकुटी कायम गरी जो मानिस संग साढे सात तोला सुन अथवा साढे बावन तोला चाँदी छ भने आफ्नो सम्पतिको शुद्धिकरण गर्न यस ढुकुटीमा साढे दुई प्रतिशत सुन चाँदी वा सो बराबरको रकम जम्मा गर्नु पर्ने अनिवार्य गर्नु भयो जो व्यवस्था ईस्लामिक मुलुकहरुमा लागुत छ तर अन्य मुलुकमा थोरै छ । ... विस्तृत
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका 2075/08/18  महोत्तरी सदरमुकाम जलेश्वरको दुर्गाचोकमा मंसिर ९ गते अर्थात नोभेम्वर २५ तारिख आइतवारको साँझ लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई सरकारी तथा गैरसरकारी सरोकारवालाले मैनवत्ती जलाएर स्वागत गरे । अर्कोतर्फ सिरहाको सुखीपुरमा भएको सामुहिक बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन शुरू भयो ।      छठ पर्वको बेला महिलालाई सामुहिक बलात्कार भएको घटनाका आरोपितहरूलाई कारबाहीको मागगर्दै अधिकारकर्मीहरूले आन्दोलन गरिरहेका छन् । यसैबीच सिरहाकै एक युवतीले सामाजिक संजालमार्फत आफूखुशी विहे गरेको कारण असुरक्षा भएको भन्दै सहयोग खोजी गरिरहेको थियो । यस घटनाको अर्को पाटो हेर्दा मण्डल थरकै केटा र केटी एकअर्काको नातामा पर्ने पनि देखियो । केटाको हजुरआमा र केटीको हजुरवुवाआफ्नै भाईवहिनी रहेकोले उनीहरू पनि भाईवहिनी नै नातामा पर्ने भएकोले यस भागीविवाहको आलोचनापनि हुने गरेको छ । .... विस्तृत
बलात्कारका घटना र त्यसका कारण 2075/08/16  सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिवीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणहरू मध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोली बलात्कार हुने त्राश धेरै दिदीबहिनीहरूलाई हुने गर्छन । किनभने कतै पाँच बर्ष भन्दा मुनिको नानी बलात्कृत भएकी छिन् भने कतै ७० बर्षभन्दा बढी उमेरका महिला बलात्कृत हुन्छिन् । कतै आफ्नै बुवाबाट, शिक्षकबाट, आफन्तबाट बलात्कार भइरहेकी छिन् । गएको सात बर्षमा नेपालमा ६,६२७ बलत्कारसम्बन्धी मुदा दर्ता भएको छ ।  नेपालमा प्रत्येक महिना ७८ ओटा बलत्कारसम्बन्धी मुदा दर्ता हुन्छ । जसमध्ये सन् २०१७ र १८ मा मात्र १४८० वटा मुदा दर्ता भएका छन्  । जुन नेपालको जनसंख्याको आधारमा धेरै नै हो । नेपालमा बलात्कार हुने संख्यामा धेरै वृद्धि हुनुको कारणहरू धेरै छन् जसमध्ये केही प्रमुख कारणहरूलाई यहाँ विश्लेषण गरिएको छ ।.... विस्तृत
बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका 2075/08/10  गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो ।  बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् ।     बलात्कृत बालिकाको संरक्षण गर्दै आएको रक्षा नेपालमा दैनिक बलात्कारसम्बन्धी तीनदेखि पाँच घटना आउँछन् । त्यसमा छ वर्षदेखि आठ वर्षका बालिका छन् । पठाउने शिक्षक वा सँगै कोठामा बस्ने छिमेकी यस्तै यस्तैबाट बालिका बलात्कृत हुने गरेका छन् । रक्षा नेपालमा अहिले ७० जना बलात्कृत छोरीलाई सेल्टरमा राखेर न्याय दिइरहेको छ । .... विस्तृत
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ? 2075/08/09  प्रदेश लोक सेवा आयोगले कार्य सम्पादन गर्ने आधार र मापदण्ड संघीय संसदले बनाएको कानूनबमोजिम हुने भने पनि सो अनुसार कानून बन्यो कि बनेन भनेर अनुगमन गर्ने कुनै संयन्त्र छैन । सर्वोच्च अदालत नगुहारेसम्म कुनै सच्चिँदैन पनि । त्यसकारण प्रदेश लोकसेवा आयोगका त्यस्ता आधार र मापदण्ड प्रत्येक प्रदेशमा समानरुपमा हुबहु कार्यान्वयन हुन्छन् भन्ने सुनिश्चितता देखिँदैन ।     यस्तो अनिश्चितताले गर्दा देशका योग्य युवाहरुलाई निष्पक्ष र स्वच्छ तवरले योग्यता प्रणालीमा आधारित पदपूर्ति हुन्छ भनेर प्रणालीप्रति आश्वस्त पार्न कठिन हुन जान्छ । र, यसले शैक्षिक बेरोजगारको ठूलो जमातलाई निराशा मात्रै थप्ने काम गर्छ कि भन्ने एउटा भय खडा भएको छ । लोकसेवा आयोगः शासक र जनताको सम्बन्ध सेतू       राज्यको सुत्रपातसँगै प्रशासनको स्थापना र विकास भएको हो । प्रशासनले सरकारका निर्णयहरु कार्यान्वयन गर्ने मात्र नभएर आजकल प्रशासनले सरकारको वकालतसमेत गर्ने गर्छ । प्रशासन शासन, शासक र जनताको सम्बन्ध कायम गर्ने एउटा सेतू हो ।.... विस्तृत
बिर्सन सकिन्न स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” लाई 2075/08/08  अवकाश–प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश”लाई बिर्सन सकिदैन । महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा उहाँको नियुक्ति मेरो नियुक्तिको दुई बर्ष पछि भएको थियो । शुरुमा एक वर्षसम्म स्व.जगदेव झा, म र उहाँ  एउटै घरमा संग–संगै बसेका थियौं । पछि उहाँ र स्व.जगदेव झा वषौं सम्म बेग्लै एउटै घरमा संगै बस्नु भयो । महेन्द्र विन्देश्वरी कयाम्पस (कलेज)बाट आवास उपलव्ध गराइए पश्चात् दुबै एक–अर्कासंग टाँसिएका आवासहरुमा बस्नु भयो ।     कलेजमा दुई जना “परमेश्वर” हुन गएका कारणले एकलाई अर्कोदेखि छुट्याउन उहाँलाई “सिंन्हा साहेब” र डा.परमेश्वर यादवलाई “परमेश्वर बाबु”  नामले सम्बोधित गर्नु पर्यो ।     कलेजमा नियुक्त हँुदा स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” दुई विषयमा– हिन्दी र मैथिलीमा–भारतको बिहारको पटना विश्वविद्यालयबाट एम.ए.गरिसक्नु भएको थियो । पछि उहाँले त्यसै विश्वविद्यालयबाट अँग्रेजीमा पनि एम.ए.गर्नु भयो ।.... विस्तृत
बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै 2075/08/07  पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् ।     यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए ।     यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ ।      प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भन्नुभयो, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’ .... विस्तृत

 

ताजा अपडेट